सुविधानगरमा श्री गणेशको विशेष पूजा
असोज २, २०८०, मङ्गलबार | विहान १०:०४ बजे | 60
काठमाडौं । आज मंगल चौथीको पावन अवसरमा काठमाडौं महानगरपालिका वडा नं ३३ तीनकुनेस्थित गणेशको विशेष पूजा अर्चना सम्पन्न भयो । यस स्थानमा रहेको सविधानगर उपभोक्ता संघले यो कार्यक्रम आयोजना गरेको हो ।
राजनीतिकर्मी, टोलबासी, भक्तजन एवं स्थानीय गन्यमान्य टोलका जेष्ठ नागरिकहरु तथा महिलाहरुको विशेष उपस्थिति कार्यक्रममा थियो । स्मरण रहोस् यस उपभोक्ता समितिले हालै मात्रै यहाँं २० लाख लागतमा कलात्मक सुन्दर प्रवेशद्धार निर्माण गर्नुका साथै गणेश मन्दिरलाई आकर्षक हुने गरी रंगरोगन लगाएको थियो । उक्त कार्यक्रममा उपस्थित सवैलाई स्वागतका साथै जलपानको पनि व्यवस्था गरिएको उपाभोक्ता समितिका अधयक्ष उज्वल केसीले बताउनुभयो ।