भक्तपुरको गाईजात्रा सुरु ः आज मुख्य दिन
भदौ १४, २०८०, बिहीबार | विहान ०३:४४ बजे | 35
भक्तपुर । आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व बुधबारदेखि सुरु भएको छ । भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट साँंझ घिन्तागिसी नाच (लठी जुधाएर खेलिने नाच) को प्रदर्शन सुरु भएसँंगै जात्रा सुरु भएको हो ।
गाईजात्राको विशेष दिन भने आज बिहीबार हो । विशेष उल्लासकासाथ विहीबार यहाँं धूमधामकासाथ गाईजात्रा मनाइँंदै छ । जात्रा अहिले बिहानैबाट सुरु भए पनि भव्य भने दिउँंसो हुने गर्दछ । देशभरमै आकर्षक मानिने यहाँंको गाईजात्रा हेर्न काठमाडौ उपत्यका र उत्पयका आसपासका हजारौमा जात्रालुप्रेमी आउने गर्दछन् ।
प्रत्येक वर्ष जनैपूर्णिमाको साँंझ तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन सुरु भएसँंगै जात्रा सुरु हुने परम्परा रहिआएको छ । यस दिन साँंझ तलेजुबाट निकालिने गाईजात्राको घिन्तागिसी नाच नगर परिक्रमा गराइन्छ । देशका विभिन्न ठाउँंहरुमा जनैपूर्णिमा बिहीबार र गाईजात्रा शुक्रबार मनाइने भए पनि भक्तपुर नगरपालिकाले सरोकारवालासँंगको बैठक बसी जनैपूर्णिमा बुधबार र गाईजात्रा विहीबार मनाउने निर्णय गरेको थियो । यही अनुसार बुधबार यहाँं जनैपूर्णिमा मनाइएको छ ।
यसअघि गाइजात्रा नजिकिएसँंगै भक्तपुुर नगर गाईजात्रामय हुन थालेको थियो । गाईजात्रामा प्रदर्शन गरिने साँस्कृतिक विधाहरुको रिहल्सर्ल केही हप्ता अगाडिदेखि नै टोलटोलमा सुरु हुन थालेका थिए । गाईजात्रामा प्रदर्शन हुने विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) लगायतका लागि तयारी, प्रशिक्षण सुरु भएका थिए । भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गरेपछि जात्रामा टोलटोलबाट साँंस्कृतिक प्रदर्शन गर्न तयारी तथा प्रशिक्षण सुरु भएका थिए । नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने साँंस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोश्रो र तेश्रो हुने विधाहरुलाई नगद पुरस्कार वितरण गर्दै आएको छ । यो क्रमलाई नगरपालिकाले यो वर्ष पनि निरन्तरता दिएको छ ।
संस्कृतिविद् ओम धौभडेल भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाइने र त्यो क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने जनाए । उनका अनुसार गाईजात्राका लागि गठामुंगल (घण्टाकर्ण) पर्व सकेसँगै टोलटोलमा तयारी सुरु हुने परम्परा छ । जनैपूर्णिमादेखि सुरु भएको गाईजात्रा कृष्णअष्टमीसम्म आठ रात नौ दिनसम्म नाच प्रदर्शन गरी हुने उनले बताए । यो क्रममा गाईजात्राका दिन यहाँं विशेष नाच ‘घिन्तान्गिसी’ प्रदर्शन हुने गर्दछ ।