लामा समुदायको जिविकोर्पाजनमा हुँइकेको केसिडिसि


भदौ ५, २०८०, मङ्गलबार | विहान ०६:०० बजे | 65


लामा समुदायको जिविकोर्पाजनमा हुँइकेको केसिडिसि

खड्क सुनार मुगु जिल्लामा रहेको एक गैर सरकारी संस्था करानी सामुदायिक विकास केन्द्र मुगुको बार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सोमवार सम्पन्न भएको छ । वर्ष भरि गरेका काम , प्रगति , चुनौतिका विषयमा जानकारी दिदै संस्थाले सोमवार आफ्नो स्थापना दिवस अर्थात वार्षिक उत्सव मनाएको हो । स्थापना दिवस तथा बार्षिक उत्सवको दिवसमा जम्मा करिब १ करोड बरावरको बजेटमा संस्थाले गरेको काम , प्रगतिको बारेमा जानकारी गराईएको थियो । यति मात्र नभई संस्थाले यहाका दलित , विपन्न , गरिब असहाय बिशेष गरेर लामा समुदायका नागरिकहरुको जिविकोवार्जन तथा नाफा मुलक र पैरवि गर्दे आई रहेको छ । शिक्षा , स्वास्थ्य जस्ता गहन विषय लाई यस करानी सामुदायिक विकाुस केन्द्रले मुगुम कार्मारोङ्ग गाउँपालिकाका वडाहरुमा पैरवि गर्दे आईरहेको संस्थाले जनाएको छ । आर्थिक वर्ष २०७९।८० मा गरेका प्रगति बारे जानकारी गराईएको करानी सामुदायिक संस्था केसिडिसि मुगुका कार्यक्रम संयोजक हस्त बहादुर बुढाले बताए । उनका अनुसार यस संस्थाले शिक्षा , स्वास्थ्य लाई मध्येनजर गर्दे मुगु जिल्लाको प्रमुख आयश्रोत कृषि लाई पनि लिएको जानकारी दिए । बिशेष गरेर कृषि क्षेत्र लाई माथि उकास्न यहा उत्पादन हुने विभिन्न प्रकारका रैथाने बालि , अर्गानिक उत्पादन लाई उत्पादक्त्व बढाउन र कृषि कर्म बाटै जिविकोपार्जन गर्ने हेतुले पछिल्लो समय लामा समुदायका नागरिकहरु पनि तरकारी खेति तर्फ आकर्षित भई मनग्य आम्दानि गरेको बुढाले जानकारी दिए । तरकारी खेति गर्दे उनीहरुले आफ्नो घर खर्च परिवार , छोराछोरीहरु लाई पठनपाठनमा उत्तिकै टेवा पुगेको बताए । यति मात्र नभई कार्मारोङ्ग गाउपालिकाका नाथरिकहरु लाई अझै सहि मार्गमा र विकासका हिसावले संस्थाले महत्पुर्ण भुमिका खेलि रहेको र अझै खेल्नु पर्ने यु एम एन कदष्टर मुगुका परियोजना ब्यवस्थापक नेत्र शाहीले बताए । लामा समुदामयका नागरिकहरु लाई जिविकोपार्जन मात्र नभई सामान्य आफ्नो बोलिको विकास , आफ्ना हक अधिकार पैरवि गर्न सक्षम बनाएको र अझै शसक्त ढंगले अगाडी बढ्न संस्था र नागरिक लाई सुझाव दिए ।

फाेटाेमा हेर्नुहाेस्...

लामा समुदायको जिविकोर्पाजनमा हुँइकेको केसिडिसि

Comments