नाग पंचमी


भदौ ४, २०८०, सोमबार | विहान ०४:५७ बजे | 80


नाग पंचमी

सुनील सापकोटा नाग पंचमी । हिन्दूहरुको पर्व। भनिन्छ कि नाग पंचमी देखि हिन्दु धर्मावलम्बीको चाड पर्वहरुको शुरुआत हुन्छ । सर्प , साँप वा नाग जे भने पनि यस्को सम्बन्ध हामी मनुष्य जाती संग बडो बिचित्रको छ । हुनत केहि इतिहासकाहरुको भनाइ अनुसार पागैतिहास कालमा हिन्द उपमहाद्विपमा नागजातिको बसोबास थियो अरे। अहिलेपनि भारतमा केहि जातिहरुको थर नाग रहेको देखिन्छ र उनिहरु हामि नागका बंश हौं भनेर भन्दछन। असुर , दानव , दैत्य , यक्ष , द्रविड आदि जस्तै यो नाग जाति पनि प्राचिन आदिवासीको पङ्क्तिमा पर्दछन् भनिन्छ । नाग भने को साँप हो या मनुष्यको एक जात हो , छुट्याउन गाह्रो छ। नाग वा साँप हाम्रो शत्रु होइन। यस्ले बिनाकारण डस्दैन । यस्को नजिक गइयो भने अथवा यसलाइ कुल्चियो भने मात्र यस्ले मनिस देखि डराएर आफ्नो प्रतिरक्षा गर्न टोक्छ । साँपले डसेर मर्ने मानिसहरुको संख्या भन्दा साधारण रुघा खोकीले मृत्यु हुने मानिसहरुको संख्या यो दुनियाँ मा बढी छ । नब्बे प्रति शत साँप बिषालु हुँदैन । भारत बर्षमा प्राचीन काल देखिनै हिन्दूहरु प्रकृति पूजक भएकोले हो या साँपको फाइदा बुझेर होला बर्षमा एक पल्ट नाग पंचमीको दिन यस्को पर्व मनाउने चलन छ । भनिन्छ कि यस्ले बाताबरणमा भएको विषालु हावा लाई ग्रहण गर्छ र वातावरण सफा पार्नमा सहयोग पुर्याउछ। अनि किसान हरुको खेतको मुसाहरु बाट रक्षा पनि गर्छ । एक अनुसन्धान अनुसार साँपले मानिस लाई डस्दा यस्को विष चढेर मर्ने भन्दा आत्तिएर , डराएर " हार्टफेल " भएर मृत्यु हुनेको संख्या धेरै रहेछ/ बैज्ञानिकका अनुसार साँपले दूध खाँदैन ।उस्ले कान सुन्दैन। बिन बजा उँदा सुन्दैन। बिन हल्लाउँदा साँप त्यस्को गति हेरेर हल्लिएको हो। सर्पदंशको एकमात्र इलाज " एन्टिभेनम" हो । धामी , तन्त्रमन्त्र गर्दा साँप को विष झार्न सकिदैन । उस्को मणि हुँदैन । साँप इच्छा धारी पनि हुँदैन । यो सबै हिन्दी फिल्मको वाहियात कुराहरु हुन। कतै सुनेको थिए साँपको पनि गोत्र हुन्छ भनेर। साँपको जुन जुन गोत्रहरु हुन्छन् ती सबै गोत्रहरु हिन्दूहरुको पनि गोत्रहरु हुन अरे। त्यसैले हिन्दू धर्म शास्त्रमा सर्प लाई न मार्नु भनिएको छ। भगवान शिवको गला देखि लिएर भगवान बिष्णुको शैया सम्म हामीले सर्प लाई स्थान दिएका छौं । पहिले मलाइ साँप देखि खुब डर लाग्थ्यो।साथिहरुले मलाई जिस्क्याउथे पनि, कति साँप देखि त्रसित भएको भनेर । तर अचेल मलाई साँप भन्दा बढी मान्छेहरु सङ डर लाग्न थालेको छ । साँपले त उसलाई कुल्चियो भने मात्र डस्छ , तर मान्छेले त आफ्नो स्वार्थ सिद्धी र ईष्र्या प्रतिशोधको लागि बारम्बार अरु लाई डसी रहेका हुन्छन् । अचेल हाम्रा कतिपय आधुनिक युवा पुस्ता हामीहरुले नाग पंचमीका दिन घरमा नागहरुको पोस्टर टाँसेको देखेर मन मनै हाँस्दा पनि हुन। तर " इकोलोजिकल ब्यालेन्स " को लागि हाम्रा हिन्दू पूर्वजले हामी लाई साँपको मनुष्य जिवनमा कति महत्व रहेको छ भन्ने एउटा सन्देश पर्व को रुपमा दिएको पनि होला जस्तो मलाइ लाग्छ । धेरै के लेखुँ । अन्त्यमा , नाग पंचमीको सबैमा हार्दिक शुभकामना .... । धन्यवाद !

फाेटाेमा हेर्नुहाेस्...

नाग पंचमी

Comments