भिटोफ नेपालको २७ औं स्थापना दिवस मनाउन लेलेमा


साउन १६, २०८०, मङ्गलबार | विहान १०:३५ बजे | 35


भिटोफ नेपालको २७ औं स्थापना दिवस मनाउन लेलेमा

ललितपुर । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को आयोजना तथा पर्यटन मञ्चको ब्यवस्थापनमा ललितपुरको लेलेको जयलकुमारी बालकुमारी महिला समूहका महिलाहरुलाई होमस्टे सञ्चालन पूर्वतयारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  गाउँ पर्यटन प्रवद्र्धन मञ्चको १८ जना सदस्यहरुको टोलीले ललितपुर महानगरपालिका वडा नं. २७ सुनागुठीमा अवस्थित भृगारेश्वर महादेवको दर्शन, बालकुमारी चौर, भीमसेनलगायतका पुरातात्विक सम्पदाहरुको अवलोकन भ्रमण गरेको थियो । पहिलो पटक सुनागुठी अवलोकन तथा भ्रमण गरेका आन्तरिक पर्यटकहरुलाई पथ प्रर्दशकको रुपमा विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले स्थानीय सम्पदाहरुकोबारेमा जानकारी दिएको थियो । 
सुनाकोठीको ऐतिहासिक प्राकृतिक सम्पदाहरुको अवलोकन पश्चात नेवारी परम्परा अनुसार विहानीको खानाको ब्यवस्था सुनागुठीको काजी छेँ ः मा गरेको थियो । नेवारी परिकार चाकु र खुवाको योमरीसहितको विहानीको खाजा पश्चात भिटोफ नेपालका सदस्यहरु गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको लेलेमा पुगेको थियो । यहाँ रहेको जयलकुमारी बालकुमारी महिला समूहले धिमेबाजासहित स्वागत गरेको थियो । बाजागाजासहित टिका र कोखाः लगाएर न्यानो स्वागत पश्चत गो ग्रिन भ्याली नेपालको सहयोगमा भिटोफ नेपालका सम्पूर्ण सदस्यहरुले लेलेको सार्वजनीक स्थानमा फलफूलका बोटविरुवा रोप्ने काम पनि गरेको थियो । बृक्षारोपन पश्चात लेलेको पौराणिक ऐतिहासिक तिलेश्वर महादेव र सरस्वती कुण्डको भ्रमण अवलोकन गरेर स्थानीय महिला समूहलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्चकोबारेमा जानकारी दिनुका साथै होम स्टे सञ्चालनकोबारेमा अन्तरक्रिया कार्यक्रम भएको थियो । भितोफ नेपालका सदस्यहरुले जयलकुमारी बालकुमारी महिला समूहलाई पाँच हजार सहयोग गरेर लेलेबाट विदाई भएको थियो । यहाँबाट फर्किने क्रममा बाटोमा पर्ने बज्रबाराही मन्दिर र ठेचोको पुरातात्विक सम्पदाहरु बालकुमारी, नवदुर्गालगायतका स्थानहरुको भ्रमण गरेर फर्केको थियो । यसरी भिटोफ नेपालको २७ औं स्थापना दिवस ललितपुरको अवलोकन भ्रमण गरेर मनाएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

भिटोफ नेपालको २७ औं स्थापना दिवस मनाउन लेलेमा
भिटोफ नेपालको २७ औं स्थापना दिवस मनाउन लेलेमा
भिटोफ नेपालको २७ औं स्थापना दिवस मनाउन लेलेमा
भिटोफ नेपालको २७ औं स्थापना दिवस मनाउन लेलेमा

Comments