समदर्शी साकोसको बार्षिक समीक्षा तथा विस्तारित बैठक सम्पन्न


साउन १३, २०८०, शनिबार | विहान ११:०३ बजे | 30


समदर्शी साकोसको बार्षिक समीक्षा तथा विस्तारित बैठक सम्पन्न

भक्तपुर , यस समदर्शी बचत तथा सहकारी संस्था लि. संचालक समितिको आयोजनामा आ.ब. २०७९/८० को बार्षिक समीक्षा तथा विस्तारित बैठक होटेल घ्याम्पेडाडा भक्तपुरमा सम्पन्न भयो । संस्थाको संस्थापक अध्यक्ष एवम् प्रवन्ध निर्देशक हरिराम लवजुले संस्थाको नारा " तपाईंको समस्या , समदर्शीको समाधान " अनुसार संस्थाले संस्थाको सदस्यहरूलाई केही न केही सहयोग गर्दै आएको र कसैलाई पनि विभेद नगरेको जानकारी गराउनु भयो । संस्थाले प्रगतिमा केही उतारचढाव भए पनि लक्ष्य हासिल गर्न सकेको कुरा व्यक्त गर्नुभयो । संस्थाका संचालक समिति अध्यक्ष संस्थाले गरेको प्रगतिमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोग मिल्ने बिश्वास व्यक्त गर्नुभयो । सल्लाहकार समिति संयोजन बिश्वमोहन जोशीले संस्था भनेको विश्वास र सम्झनाले चल्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै अवकाश बचत हित उपसमिति सदस्य कृष्ण गोपाल कुसीले सामुहिक कार्यले संस्थाले आगामी दिनमा अझ प्रगति गर्न सक्ने बताउनु भयो । संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा संस्थाका सचिव विश्वबहादुर दुवालले कार्यक्रमको संचालन र कोषाध्यक्ष सुवर्ण केशरी दुवालले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा आ.ब २०७९/८० मा निक्षेप तथा सदस्यता वृद्धि गर्न सहयोग गर्नुहुने सम्पुर्ण सदस्यहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रमको दोस्रो चरणमा आ.ब २०७९/८० प्रगति विवरण प्रस्तुति माथि छ्लफल सत्रमा विभिन्न समिति उपसमितिको तर्फबाट संस्थाको सबल पक्ष र सुधार गर्न पर्ने पक्षमा छलफल गरि आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समिति उपसमिति गरि ६६ जनाको सहभागिता रहेकोे थियोे

फाेटाेमा हेर्नुहाेस्...

समदर्शी साकोसको बार्षिक समीक्षा तथा विस्तारित बैठक सम्पन्न

Comments