सामाजिक उतरदायित्वलाई निरन्तरता दिंदै इको प्यानल नेपाल
साउन ९, २०८०, मङ्गलबार | दिउँसो १२:३३ बजे | 35
काठमाडौं । क्रिजल फुटसल क्लबले काठमाडौंमा गर्न लागेको दोश्रो खुला महिला फुटसल प्रतियोगितामा सहभागी हुने ख्वप किंग्स् भक्तपुरलाई नेपाल इको प्यानलले साथ दिने भएको छ । इको प्यानलले खेलाडीहरुका लागि आवश्यक सहयोग प्रदान गरेर साथ दिने भएको हो ।
प्रतियोगिता साउन १२ गते शुक्रबार काठमाडौंको रोभ फुटसल सेन्टर मण्डिखाटार काठमाडौं नेपालमा हुने छ । प्रतियोगितामा पहिलो हुने टिमलाई ट्रफी, मेडल्स र सर्टिफिकेटका साथै ३० हजार नगद, दोश्रो हुनेलाई ट्रफी, मेडल्स र सर्टिफिकेटका साथै २० हजार नगद पुरस्कार प्रदान गर्ने जनाइएको छ । साथै उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरलाई पनि पुरस्कार प्रदान गर्ने जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...