क्तपुर
मोहनी नखाः अर्थात विजया दशमी २०८० मनाउन आज नवदुर्गा मन्दिर परिसरमा खम्ये (म्हेखासुर रुपी राक्षस रांगो) भित्र्याएको छ । हरेक वर्ष गाठामग चह्रे पश्चात भित्र्याउने परम्परा अनुसार आज खम्ये भित्र्याएको नवदुर्गा गणका लक्ष्मीनारायण बनमालाले जनाए । यस वर्षकालागि भनेर धेरै ठाउँमा खम्ये खोजियो ससाना मात्र भेटिएकाले केही दिन ढिला भयो यद्यपी चाँगुनारायण नगरपालिका ७स्थित बागीश्वरी स्थित बाल्मीकि पशुपालन तथा कृष्ी फर्ममा निखार राँगो भेटिएपछि आज विहान ७ बजे देखि लिन गएर करिब विहान करिब ११ बजे मन्दिरभित्र खँम्ये भित्र्याएको उहाँले जनाए । यस वर्षकालागि चोर्चाका रत्नभक्त दुमरुले खम्ये दान गरेको उहाँले बताए ।
मासुकालागि बेच्ने गरी पालिएको राँगो साँचि बजारमा बेचेको भए एक लाख भन्दा बढी आउने तर धार्मिक कार्यकालागि भएकाले दाताले दिन कबुल गरेको पैसामा चित्त बझाएर राँगो बेचेको फमका सञ्चालक नियमबहादुर श्रेष्ठले बताए । ४ वर्ष ७ महिना पुगेको सो राँगो खँ म्ये भन्ने कुरा थाहा पाएको भए मोलमोलाई पनि गर्दिन थे, थाहा भएन, सुरुमा मोलमोलाई भयो । खँम्ये जात्रा बारे सुनेको मात्रै थिए, हिजो मात्रै यसको विशेषताहरु थहा पाए श्रेष्ठले भने थाहा नपाएको कुरामा भगवानले पनि क्षमा दिन्छन् भन्ने मलाई लागेको छ ।
खम्ये विशेष प्रकारको राँगो रहेको यस वर्षका जात्रा व्यवस्थापक लक्ष्मीनारायण बनमालाको भनाई छ । जीउमा घाउ चोट नलागेको, एउटै रंगको, आधा जीउँको रौं अगाडी र आधा जीउँको रौं पछाडी फर्किएको साथै जीउमा चक्र भएको हुनपर्ने मान्यता अनुसार उपर्युक्त राँगो भेटिएपछि आज विधि पुर्याएर खम्ये भित्र्याएको उहाँले बताए ।