निर्माण क्षेत्रमा गरेको योगदानको कदर गर्दै गोर्खा इको प्यानललाई सम्मान
साउन ४, २०८०, बिहीबार | दिउँसो ०१:४२ बजे | 25
काठमाडौं । स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग गरिने आधुनिक निर्माण सामाग्री उत्पादन गर्दै आएको गोर्खा इको प्यालललाई कदर गरिएको छ । ६१ औ इन्जिनियर दिवस २०८० को अवसरमा कोशी प्रदेश इन्जिनियरिङ एसोसिएसन विराटनगरले गरेको समापन समारोह तथा टेक्निकल सेसन कार्यक्रममा सम्मान गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर सुरेश कवांलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधेमा कर्पाेरेट अफिस भएको गोर्खा इको प्यालन देशभरि प्रयोग हुँदै आएको छ । हलुका, भूकम्प प्रतिरोधी, वातावरणमैत्री, तीव्र निर्माण सम्भब हुनेलगायतका अनेक कारणले आधुनिक यो निर्माण सामाग्री देशैभरि लोकप्रिय भएको हो । निर्माण क्षेत्रमा पारेको यही सकारात्मक प्रभावकै कदरस्वरुप भक्तपुरमा कर्पाेरेट कार्यालय रहेको गोर्खा इको प्यानललाई कोशी सरकारसम्मले सम्मान गरेको हो । गोर्खा इको प्यानल आइएसओ सर्टिफाइड निर्माण सामाग्री उत्पादन कम्पनी हो ।
फाेटाेमा हेर्नुहाेस्...