सल्लाघारीमा पसल अनुगमन ः फिल्डमा नै ५ वटा पसल दर्ता


असार २८, २०८०, बिहीबार | विहान ११:०५ बजे | 30


सल्लाघारीमा पसल अनुगमन ः फिल्डमा नै ५ वटा पसल दर्ता

भक्तपुर, २७ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारीमा विभिन्न पसलहरु बुधबार अनुगमन गरियो । अनुगमनमा अधिकांश पसल दर्ता नभएकोले फिल्डमा नै ५ वटा पसल दर्ता गराएको बताउनु भयो ।
अनुगमनमा शिखर इन्स्योरेन्स कम्पनी काउण्टर नविकरण भएको नदेखिएकोले र चुनदेवीमा पनि कार्यालय भएकोले दुवै ठाउ“को छुट्टाछुट्टै दर्ता गर्नुपर्ने निर्देशन दिई नविकरण गरेको कागजात सहित कार्यँलयमा उपस्थित हुन निर्देशन दियो । एएनबि बेकरी पसलमा दर्ता प्रमाणपत्र नभएकोले तीन दिन भित्र दर्ता प्रमाणपत्र लिई कार्यालयमा उपस्थित हुन निर्देशन दियो । एस आर लिक्वीड एण्ड टोवाको सप तीन दिन भित्र नविकरण गर्न, तराजु नविकरण नभएकोले थान १ जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुने निर्देशन दिई म्याद नाघेको सामानहरु किन्ले सोडा ४ वटा जफत गरी नष्ट गरियो । विएस खाजा घर विगत तीन चार बर्षदेखि विना दर्ता संचालन गरेकोले त्यहि दर्ता गराएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । हुक्का, लस्सी, चिया एण्ड कफिल लिक्वर हब तीन दिन भित्र दर्ता गरी वडा कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
सुनक फास्ट फुड एण्ड क्याफे म्याद नाघेको स्लाईस २५० मिलिको ४ वटा, पफ ८ पाकेट जफत गरि नष्ट गरियो भने सरसफाईमा ध्यान दिन र पसल तीन दिन भित्र दर्ता गर्न निर्देशन दियो । दुनत पसल तीन दिन भित्र दर्ता गर्न निर्देशन दियो ।  
अनुगमन समितिका सदस्यहरु वडाध्यक्ष श्यामकृष्ण खत्री, रोशनमैया सुवाल, ज्ञान बहादुर मानन्धर, सूर्य प्रसाद श्रेष्ठ, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरीका बाबुराम लामा, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना सहभागी थियो ।

Comments