सहकारी संस्थाको सामुदायिक विकास कोषको रकम भक्तपुर नगरपालिकालाई


असार २८, २०८०, बिहीबार | विहान १०:०३ बजे | 35


सहकारी संस्थाको सामुदायिक विकास कोषको रकम भक्तपुर नगरपालिकालाई

भक्तपुर । लोकेश्वर बचत तथा ऋण संस्था लि., ख्वप बचत तथा ऋण सहकारी संस्था लि. र झिगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. ले सामुदायिक विकास कोषको ५० प्रतिशत रकम भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त रकम सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीले आज नगर प्रमुख सुनिल प्रजापतिसमक्ष हस्तान्तरण गरेको हो ।
सोही क्रममा भक्तपुर नपालाई सहकारी संस्थाहरुले सामुदायिक विकास कोषको निश्चित रकम बुझाएकोमा सबैलाई धन्यवादज्ञापन गर्दै संकलित रकम जनताको हितमा प्रयोग गरिने प्रमुख प्रजापतिले बताउनुभयो ।
लोकेश्वर बचत तथा ऋण संस्था लि.ले रु. ९१ हजार ५००, ख्वप बचत तथा ऋण सहकारी संस्था लि.ले रु. ९ हजार ९८४ र झिगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. ले रु. ८६ हजार ८२४ रकम भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
जनताको स्वास्थ्य सेवाको लागि सहयोग गर्ने उद्देश्यले भनपाको निर्णयअनुसार सहकारी संस्थाहरुमा जम्मा भएको सामुदायिक विकास कोषको ५० प्रतिशत रकम भक्तपुर नगरपालिकाको नेपाल बैंक लि. कमलविनायक शाखाको खाता नं. ०१९०३०००००१००१०००००३ मा जम्मा गर्न यसअघि भक्तपुर नगरपालिकाले अनुरोध गरेको थियो ।
भक्तपुर नगरबासीहरुको लागि ख्वप अस्पतालबाट निःशुल्क अक्सिजन र रगत वितरण भइरहेको छ । साथै विपन्न नागरिकहरुको पनि निःशुल्क उपचारको व्यवस्था छ । त्यसलाई निरन्तरता दिन भक्तपुर नपाले सहकारी संस्थाको सामुदायिक विकास कोषलाई समुदायकै हितमा प्रयोग गर्ने उद्देश्यले पटक पटक सहकारी पदाधिकारीहरुको बैठक पछि उक्त निर्णय गरिएको छ ।
सहकारी संस्थाका प्रतिनिधिहरुले आफूहरुले बुझाएको रकम जनताको हितमा प्रयोग हुने आशा व्यक्त गर्दै भक्तपुर नपाले स्वास्थ्य सेवामा पु¥याइरहेको योगदानप्रति खुशी व्यक्त गर्नुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

सहकारी संस्थाको सामुदायिक विकास कोषको रकम भक्तपुर नगरपालिकालाई
सहकारी संस्थाको सामुदायिक विकास कोषको रकम भक्तपुर नगरपालिकालाई

Comments