बिश्वबिनायक साकाेसद्वारा दुर्घटना बिमा रकम हस्तान्तरण


असार २७, २०८०, बुधबार | विहान ०४:३५ बजे | 40


बिश्वबिनायक साकाेसद्वारा दुर्घटना बिमा रकम हस्तान्तरण

मध्यपुर थिमि । आर्थिक गतिविधिका साथसाथै शेयर सदस्यहरूप्रति पुर्णरूपमा जिम्मेवारी रहेकाे बिश्वबिनायक बचत तथा ऋण सहकारी संस्था लि मध्यपुर थिमिले आफ्ना शेयर सदस्यलाई दुर्घटना बिमाकाे रकम हस्तान्तरण गरेकाे छ । आफ्ना शेयर सदस्य रामशरण प्रजापतिकाे गत बैशाखकाे १३ गते सवारी दुर्घटना भई उपचार पछि आज संस्थाका अध्यक्ष कृष्णकाजी प्रजापतिले बिमितका बुबा रामनसिं प्रजापतिलाई बिमा वापतकाे ३३ हजार रूपैयाकाे चेक हस्तान्तरण गरेकाे छ । चेक हस्तान्तरण पछि बाेल्दै अध्यक्ष प्रजापतिले संस्थाकाे स्थापनासंगसंगै आर्थिक तथा सामाजिक उत्तरदायित्व भित्र पर्ने विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आईरहेकाे भन्दै संस्थामा हाल ७ सय ९० जना शेयरसदस्यहरू रहेकाे जानकारी दिनुभयाे । संस्थाले आफ्ना शेयर सदस्यहरूलाई भबितब्यमा हुने घट्नापछिकाे समस्यालाई मध्यनजर गर्दै शिखर ईन्सुरेन्स मार्फत संस्थाले अअफ्ना शेयरसदस्यहरूलाई नियमित बचतमा न्युनतम १२ हजार देखि २३ हजार ९ सय ९९ रूपैयाँसम्मका बचतकर्ताहरूकाे ५० हजार सम्मकाे र २४ हजारदेखि माथिका नियमित बचतकर्ता शेयर सदस्यहरूकाे १ लाख रूपैयाँसम्मकाे दुर्घटना बिमाकाे सुविधा प्रदान गरेकाे संस्थाका काेषाध्यक्ष राजेन्द्रबिक्रम प्रजापतिले जानकारी दिनुभयाे । संस्था आफैले ति शेयर सदस्यहरूकाे प्रिमियम तिर्दै आएकाे भन्दै काेषाध्यक्ष प्रजापतिले नियमित बचतकर्ता सदस्यहरूकाे हितलाई मध्यनजर गर्दै बिमाकाे रकम बढाउने तर्फ संस्था अघि बढेकाे समेत बताउनुभयाे । उहाँले आगामी दिनमा सदस्यहरूकाे हितकाे लागि ऋणी सदस्यहरूले लगेकाे ऋणकाे समेत बिमा गर्दैजाने बताउनुभयाे ।

फाेटाेमा हेर्नुहाेस्...

बिश्वबिनायक साकाेसद्वारा दुर्घटना बिमा रकम हस्तान्तरण

Comments