सिद्धार्थ सहकारीद्धारा उद्घोषण तालिम


असार २६, २०८०, मङ्गलबार | दिउँसो १२:५० बजे | 35


सिद्धार्थ सहकारीद्धारा उद्घोषण तालिम

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधरचोकस्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा आयोजित एक हप्ते उद्घोषण तालिम सम्पन्न भयो । संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले सिद्धार्थ सहकारीका सामाजिक कार्यको प्रशंसा गर्दै तालिममा सिकेको सीप र ज्ञान व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । सिद्धार्थ सहकारीका अध्यक्ष राजेश श्रेष्ठले सिद्धार्थ सहकारी १४ वर्षदेखि महिला कर्मचारीहरुले सञ्चालन गर्दै आएको नमूना सहकारी भएको भन्दै आर्थिक, सामाजिक देखि व्यक्तित्व र नेतृत्व विकासकमा सिद्धार्थ साकोस सदैव कृयाशील रहेको बताउनु भयो । संस्थाका सचिव सोहन कायस्थले संस्थाको आर्थिक गतिविधि बारे प्रकाश पार्दै शेयरपुँजी ३ करोड ३६ लाख र तरलता ३२ प्रतिशत रहेको जानकारी दिनुभयो । उद्घोषण तालिमका संयोजक चन्द्रकृष्ण श्रेष्ठ, प्रशिक्षक ऋषिकेश श्रेष्ठ, प्रशिक्षार्थीहरु दिललक्ष्मी श्रेष्ठ, स्नेहा श्रेष्ठ, तुल्सीराम श्रेष्ठ लगायतले उद्घोषण तालिमबारे आआफ्नो धारणा व्यक्त गर्नु भएको थियो । वरिष्ठ कर्मचारी मिनु श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रशिक्षक कदरपत्र र प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सिद्धार्थ भवनमा भएको उक्त कार्यक्रममा नमस्ते ख्वप टेलिभिजनका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठ र रुविना श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । सिद्धार्थ सहकारीका पदाधिकारी, सञ्चालक, कर्मचारी एवं शेयर सदस्य गरी ३१ जनाले तालिम लिएको संस्थाका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

Comments