सल्लाघारीका १० खाद्य पसल अनुगमन ः के भेटियो अवस्था ?
असार २६, २०८०, मङ्गलबार | विहान १०:५५ बजे | 40
भक्तपुर, २६ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारीमा १० खाद्य पसल अनुगमन गरियो । अनुगमनमा अधिकांश पसल दर्ता नभएको र म्याद नाघेको समानहरु थुप्रै भेटिएको बताउनु भयो ।
अनुगमनमा सल्लाघारी मिनि मार्ट तीन दिन भित्र नविकरण गर्न, प्याकेजिड्ड सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखी मात्र विक्रि वितरण गर्न, तराजु नापतौल विभागमा नविकरण नभएकोले जफत गरी कार्यँलयमा उपस्थित हुन निर्देशन दिई म्याद नाघेको समानहरु कर्नफ्लेक्स ठूलो १ र सानो ३ पाकेट, चोकोज ठूलो ३ पाकेट र सानो २ पाकेट, डाईजेस्टिभ विस्कुट ३ पाकेट, लाटे फ्रुट्स पाई चकलेट ३ पाकेट, मुगं दाल १ पाकेट, एसडि पप ४ पाकेट, न्यू जोशि बर्दसको केक १ पाकेट, यामी मःमः ३ पाकेट, म्यागी चाउचाउ १ पाकेट, फेमिलि तेल २ पाकेट, जोन्स्न पाउडर २ वटा, स्ट्रिक्स क्रिमहेयर कलर १ पाकेट, आस्यर सेन्ट ३ वटा जफत गरी नष्ट गरियो । यमुना किराना पसल दर्ता नभएकोले त्यहि दर्ता गराएर तराजू नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । रौसन पान पसल सूर्तिजन्य पसल र थोक विक्रेता भएकोले पान पसलमा दर्ता गरिराखेकोले श्रेणी अपग्रेड गरी क श्रेणीमा दर्ता गर्न निर्देशन दियो । शेर्पा किराना पसल तराजु नापतौल विभागमा नविकरण गर्न, मुल्य सुचि राख्न, साइनबोर्ड राख्न, पानमा दर्ता गर्न निर्देशन दियो । सम्पन्न डेरी दर्ता गराएर तराजु नविकरण नभएकोले जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिई म्याद नाघेको फाण्टा जम्बु १, ५०० मिलि १, ड्यू ५०० मिलिको १ जफत गरि नष्ट गरिको अरु दर्ता नभएको पसलहरुलाई दर्ता गर्न निर्देशन दिई आएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
अनुगमन समितिका सदस्यहरु वडाध्यक्ष श्यामकृष्ण खत्री, ज्ञान बहादुर मानन्धर, सूर्य प्रसाद श्रेष्ठ, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरीका भगउर प्रसाद हरिजन, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना सहभागी थियो ।