उदय साकोसको ४ वर्षिय योजना एवम् वार्षिक नीति तथा कार्यक्रम तय


असार २३, २०८०, शनिबार | साँझ ०४:१६ बजे | 30


उदय साकोसको ४ वर्षिय योजना एवम् वार्षिक नीति तथा कार्यक्रम तय

भक्तपुर, असार । उदय बचत तथा ऋण सहकारी संस्थाको ४ वर्षिय योजना तथा वार्षिक नीति तथा बजेटको तर्जुमा गत २२ र २३ गते संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न भयो । उक्त दुई दिने कार्यक्रममा संस्थाका उपाध्यक्ष न्हुछे बहादर प्रजापतिले ४ वर्षिय कार्य योजना प्रस्तुत गर्नुभयो । संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले आर्थिक वर्ष २०८०/८१ को कार्ययोजना सहितको नीति तथा कार्यक्रम र अनुमानित बजेट पेश गर्नुभयो । संस्थाका सचिव दिल प्रसाद प्रजापतिले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले बृहत दफागत छलफल पश्चात योजना तथा नीतिलाई अन्तिम रुप दिनुभयो । उहाँले प्रस्तुत बजेटमा उल्लेख गरिएको ४३ करोडको कूल सम्पति तथा वासलातलाई आगामी साधारणसभाबाट पारित गर्ने बताउनुभयो । सोही कार्यक्रममा ब्रतबन्ध, विबाह, चाडपर्व लगायत सामाजिक संस्कार तथा उच्च शिक्षा अध्ययनको नयाँ बचत नीति तय गर्ने निर्णय गरेको छ ।

फाेटाेमा हेर्नुहाेस्...

उदय साकोसको ४ वर्षिय योजना एवम् वार्षिक नीति तथा कार्यक्रम तय

Comments