समय साकोसमा जिम्मेवारी वोध तथा नेतृत्व विकास तालिम सम्पन्न
असार २३, २०८०, शनिबार | दिउँसो ०३:३३ बजे | 30
भक्तपुर २३ असार । च्याम्हासिंह रोड स्थित समय बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा जिम्मेवारी वोध तथा नेतृत्व विकास तालिम स्थानीय भ.न.पा. ८ वडा कार्यालयको सभा हल, लिवाली भक्तपुरमा८ न. वडा अध्यक्ष श्री कृष्णप्रसाद कोजु ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
सो तालिमको समापन तथा सहभागि प्रमाण पत्र वितरण कार्यक्रममा वडा अध्यक्ष श्री कृष्णप्रसाद कोजु ज्युले वडाको विकास निर्माण तथा भक्तपुर नगर पालिकाले गदै आएको शिक्षा, स्वास्थ्य, सरसफाई, खेलकुद एवं विकास निमार्ण लगायतका गतिविधिहरु सम्वन्धमा बताउनु भयो । साथै सहकारी संस्थाले नपाले गर्ने विविध सामाजिक गतिविधिहरुमा पनि भाग लिएर अगाडि बढनु पर्ने बताउनु भयो । त्यसतै नपाले शैक्षिक ऋणका साथै बेरोजगार युवाहरुलाई आत्मनिभरका साथ उद्दमी बन्न वा व्यवसाय संचालन गर्न व्यवसायिक ऋणको कार्यक्रम ल्याएको बताउनु भयो । सहकारी संस्थाले पनि आत्मनिभर बनाउन विविध तालिम लगायत कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।
समिति उपसमिति र कर्मचारीहरु गरी ३० जना प्रशिक्षाथीहरु सहभागि रहेको सो तालिमको प्रशिक्षण श्री तुल्सीहरि प्रजापति ज्युले गर्नु भएको थियो । उहाँले तालिममा सिकेका कुराहरुलाई सहकारी संस्थामा व्यवहारमा लागु गरेमा मात्र तालिमको सार्थकता रहने बताउनु भयो ।
साथै यस कार्यक्रममा संस्थाका अध्यक्ष श्री श्यामसुन्दर बेकोजु ज्यूले संस्थाको पृष्ठभुमिको चर्चा गदै संस्थामा आवद्ध समिति उपसमितिका पदाधिकारीहरुले जिम्मेवारी बोधका साथ आफ्नै संस्थामा कारोवार गर्न अनुरोध गदै संस्थाले गदै आएका गतिविधिहरुको बारेमा बताउनु भयो ।
शिक्षा उपसमितिको आयोजनामा भएको यस कार्यक्रमका उपसमिति संयोजक श्री लक्ष्मीप्रसाद गाईजुको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रामलक्ष्मी बासी, चन्द्रकृष्ण ग्वाछा, राध्येश्याम दुवाल, पुनम जोशी, रश्मिला चिकंवन्जार लगायतले बोल्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...