कृषि प्रधान देश कृषिमा परनिर्भर


असार २२, २०८०, शुक्रबार | विहान १०:०३ बजे | 30


कृषि प्रधान देश कृषिमा परनिर्भर

भक्तपुर, २२ असार । भक्तपुर नगरपालिका वडा नं१० को अयोजनामा ४ दिने प्राङ्ग्रारिक कृषि खेती तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतमा वडा कार्यालयको सभाहल शुक्रवार एक समारोहबीच सम्पन्न भयो । 
प्रमुख अतिथि सुनिल प्रजापतिले कृषि प्रधान देश कृषिमा परनिर्भर भई भारतबाट अरबौ. खरबौंको दाल चामल तरकारी लगायत खरिद गर्नुपर्ने अवस्था आएकोले प्रागांरिक कृषि खेती प्रवद्र्धन गर्न तालिमले महत्वपूर्ण योगदान हुने आशा तालिम दिएको बताउँदै कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उहाँले होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसहरुमा खेर गएको खानाले आधा गरिबको भोक मेट्ने बताउँदै कम मात्र खाई बढी योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले देश परनिर्भरताबाट जोगाउन कृषि पेशालाई परिस्कृत गर्दै माटोको उर्वराशक्ति बढाउन रासायनिक मल भन्दा प्रागांरिक मल र विषादि मुक्त प्रागंरिक खेतीमा जोड दिनुभयो । 
कार्यक्रममा भनपा कृषि समितिका संयोजक राजकृष्ण गोराले तालिममा सिकेका कुराहरु व्यवहारमा प्रयोग गर्न र कृषि फर्म दर्ता  गरी कृषि अनुदानहरु उपयोग गर्न र विद्यार्थीहरु रोजगारीको लागि विदेशिने कार्य रोक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापत्विमा सम्पन्न कार्यक्रमा तालिमका प्रशिक्षक प्रकाश गुरुङ्ग, लक्ष्मी प्रसाद चवाल, प्रशिक्षार्थी बुद्धिबहादुर माक, वडासदस्य कृष्णनारायण दुमरु र वडासचिव गोबिन्द राम थुसाले पनि बोल्नु भएको थियो ।
प्रशिक्षार्थीहरुलाई नगरपालिकाबाट उत्पादित कम्पोष्ट मल एक एक बोरा वितरण गरेको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

Comments