भक्तपुर नगरपालिकालाई सहकारी संस्थाको सामुदायिक विकास कोषको रकम हस्तान्तरण
असार २१, २०८०, बिहीबार | विहान १०:०५ बजे | 75
भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. र संगम बचत तथा ऋण संस्था लि.ले सामुदायिक विकास कोषमा जम्मा भएको रकमको ५० प्रतिशत रकम आज नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरेको छ ।
नगर प्रमुख प्रजापतिले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी काम गरिरहेको भक्तपुर नपालाई सहकारी संस्थाहरुले सामुदायिक विकास कोषको निश्चित रकम समयमा बुझाउनुभएकोमा सबैलाई धन्यवाद दिँदै संकलित रकम जनताको हितमा प्रयोग गर्ने बताउनुभयो ।
उहाँले ख्वप अस्पतालले हालसम्म स्वास्थ्य बीमा बोर्डबाट १० करोड ५५ लाख ६२ हजार ३४७।१४ रुपैयाँ सोधभर्ना प्राप्त गर्न बाँकी रहेको अवगत गराउँदै जनताको सहज स्वास्थ्य सेवाको लागि सामुदायिक विकास कोषको रकम ख्वप अस्पतालमार्फत स्वास्थ्य सेवामा खर्च गरिने बताउनुभयो ।
भक्तपुर नपाको खातामा हालसम्म सिद्धि गणेश साकोसले रु. ९ लाख, संगम साकोसले रु. १ लाख ५० हजार, भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था लि.ले रु. ७२ हजार ४७५, सहलह बचत तथा ऋण सहकारी संस्था लि.ले रु. १९ हजार ६९०, नःपुखु बचत तथा ऋण सहकारी संस्था लि.ले रु. ५३ हजार ७४६, श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि.ले रु. ९३ हजार ७४५।७६, पल्पसा बचत तथा ऋण सहकारी संस्था लि.ले रु. २३ हजार ४२१, सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.ले रु. १९ हजार २८५, थालाछेँ बचत तथा ऋण सहकारी संस्था लि.ले रु. १९ हजार ५१ रकम जम्मा गरिसकेको छ ।
त्यस्तै नविन कृषि सहकारी संस्था लि.ले १० हजार, लक्ष्य बचत तथा ऋण सहकारी संस्था लि. ले रु. १० हजार ५००, बेखाल बचत तथा ऋण सहकारी संस्था लि.ले रु. २३ हजार २५७, जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लि.ले रु. १६ हजार १३४, अभियान बचत तथा ऋण सहकारी संस्था लि. ले ११ हजार १८६, न्हुगु झीगु बचत तथा ऋण सहकारी संस्था लि.ले ६ हजार ६९५।५३ र चाख बचत तथा ऋण सहकारी संस्था लि.ले रु. ३४ हजार १८५ रकम जम्मा गरेको छ । हालसम्म उक्त खातामा रु. १४ लाख ६३ हजार ३ सय ७१।२९ रकम जम्मा गरिसकेको छ ।
यसअघि भक्तपुर नपाले २०८० वैशाख ८ गते भक्तपुर नपाभित्र सञ्चालित सहकारी संस्थाका पदाधिकारीहरुसँग छलफल गरी २०८० वैशाख २१ गते बसेको भक्तपुर नपाको कार्यपालिकाको बैठकको निर्णयअनुसार आ.व. २०७८।७९ मा सहकारी संस्थाहरुमा जम्मा भएको सामुदायिक विकास कोषको ५० प्रतिशत रकम भक्तपुर नगरपालिकाको नेपाल बैंक लि. कमलविनायकको खाता नं. ०१९०३०००००१००१०००००३ मा जम्मा गरी भौचर लेखामा बुझाउन अनुरोध गरेको थियो ।