अधिकाश उध्योग ब्यवसाय बन्द हुन थाले ः कटुवाल
असार १९, २०८०, मङ्गलबार | दिउँसो १२:३९ बजे | 35
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको उपस्थितिमा यु एस एडले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी एक दिवसिय कार्यशाला गोष्ठीमा नेपाल घरेलु तथा साना उध्योग महासघका उपाध्यक्ष मोहन कटुवालले कोभिड १९ त्यसपछी डिङो र रसिया र उक्रेन युद्धबाट प्रभाबित बिस्वअर्थन्त्रमा परेको असरबाट नेपाल पनि अछुतो रहन नसक्दा नेपालका घरेलु तथा साना उध्योगहरु अति नै सकटपुर्ण अवस्थामा गुज्रीरहेको र पछिल्लो समयमा देशमा देखिएको आर्थिक मन्दिका कारण अधिकाश उध्योग ब्यवसाय बन्द हुन थालेको अवस्थामा आउन लागेको मौद्रिक नितिले थलापरेका उध्योगी ब्यवसायिको घाउमा मलम्पट्टी लगाएर स्वस्थ हुने किसिमको मौद्रिक नीति ल्याउन रास्ट्रबैकलाइ आग्रह गरे । २०७८÷७९को औद्योगिक तथ्यांक अनुसार देशभरी अनुमानित ६ लाखको सख्यामा दर्ता भएको र ३ लाख ५० हजार मात्र नवीकृत भएकोमा अवस्था छ।यी उध्योगहरुमा रु. ३१९३३ करोड लगानी भएको र ३२३७७३ रोजगारी सृजना भएको तथ्य देखिन्छ।यसरी नेपालको जस्तो अर्थतन्त्र भएको मुलुकमा लघु घरेलु तथा साना उध्योगहरुको समोचित बिकास भएमा मात्र यस्बाट स्थानिय श्रोतको यथोचित उपयोग भइ आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाइ प्रबर्द्धन गर्दै थप रोजगारी सृजना गर्दै बेरोजगारी समस्या समाधान गर्न सहयोग पुग्ने बताए। उपाध्यक्ष कटुवालले स्थानिय स्रोत साधनमा आधारीत यस्ता उध्योगहरुलाइ लगानी मैत्री बातावरण बनाएर मौलिक उत्पादन्हरुको स्वदेशमै खपत हुने र निर्यात समेत बढ्न गइ अर्थन्त्रमा सुधार गर्न मद्धत पुग्ने हुदा नेपाल घरेलु तथा साना उध्योग महासघले दिएका यी सुझाबहरुलाइ मौद्रिक नितिमा समाबेस गर्न आग्रह गरेका थिए। विशेष गरि बैकहरुबाट कर्जा प्रवाह गर्दा अनिवार्य रुपमा कुल कर्जाको २५ प्रतिशत भन्दा बढी लघु घरेलु तथा साना उध्योग क्षेत्रको लागि दिने ब्यवस्था गरिनु पर्ने ,लघु घरेलु तथा साना उध्योगलाइ दिइने कर्जा आधार दरमा १ प्रतिसत भन्दा बढि नहुने ब्यवस्था हुनु पर्ने ,लघु घरेलु तथा साना उध्योगिहरुको मेसिनरी लगायतका स्थिर पुजिलाइ पनि धितोमानी सहुलियत पुर्ण परियोजना कर्जा दिने ब्यवस्था मिलाउनु पर्ने , मौद्रिक नितिले हरेक बर्स उल्लेख गरेको लघु घरेलु तथा साना उध्योगी पुनरकर्जा , महिला उध्यमी पुनरकर्जा तथा निर्यात पुनरकर्जाको ब्यवस्थालाइ निरंतरता दिनु पर्ने साथै रास्ट्रबैकले निर्देशन गरेको काम कार्वाहिलाइ बैक तथा बित्तीय सस्थाले प्रभाबकारी रुपमा अबलम्बन नगरेको हुदा कडाइका साथ लागू गर्दै सहजिकरण र अनुगमन गर्ने ब्यवस्था मिलाउन आग्रह गर्दै उपाध्यक्ष कटुवालले पहिले कर्जा नलिएका साना उध्योगी ब्यवसायिलाइ चुक्ता पुजिको ७० प्रतिसत सम्म बढिमा २ प्रतिसत ब्याजदरमा कर्जा उपलब्ध गराउनु पर्ने सरकारले विभिन्न बैकहरुबाट उपलब्ध गराउदै आएको सहुलियत पुर्ण कर्जा महिला उध्य्मिकर्जा कृषि कर्जा जस्ता कर्जाहरु प्राप्त गर्न अतिनै झन्झटिलो भएकोले सरल र सहज किसिमले कर्जा प्राप्त गर्ने कार्यबिधी बनाउनु पर्ने बताए। अन्य देशमा जस्तै लघु घरेलु तथा साना उध्योग क्षेत्रको बिकासका लागि अन्य मुलुकहरुमा ब्यवस्था भए जस्तै ःऋक्क्ष् क्भअतयच लक्षीत विशेष बैकको स्थापना तथा सन्चालनको लागि ब्यवस्था गर्नु पर्ने बताउदै बर्तमान अवस्थामा अनावश्यक खर्चहरु कटौती गरेर उत्पादन मुलक क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर अर्थतन्त्र बनाउन सहगोगपुग्ने मौद्रिक नीति ल्याउन रास्ट्रबैकलाइ आग्रह गरे। होटल र्याडिसनमा सम्पन्न उक्त कार्यक्रममा नेपाल घरेलु तथा साना उध्योग महासघ , नेपाल उध्योग परिसघ, महिला उध्यमी महासघ , होटल एसोशियसन , नेपाल बैकर्स एसोसियसन , यु एस ट्रेड एण्ड कम्पिटिटिभनेस लगायतका सस्थाका अध्यक्ष तथा पदाधिकारिले आफ्नो आफ्नो सस्थाको धारणा राखेका थिए।