आरन पेसा बचाउन जुटेको आई.एन.एफ


असार १८, २०८०, सोमबार | विहान ०५:४६ बजे | 55


आरन पेसा बचाउन जुटेको आई.एन.एफ

खड्क सुनार मुगु १८ असार हिमाली जिल्ला मुगुमा सञ्चालित एक गैर सरकारी संस्था आई.एन.एफ मुगुले दलित समुदायको पहिलो पेशामा रहेको लोपोन्मुख आरन पेसा प्रवर्द्धनका लागि कार्यक्रम सुरु गरि उसलाई बचाउन लागि परेका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं , ६,७ लगायत दर्जनौ दलित समुदाय लाई आरन पेशा ब्यवसाय बचाउन सो संस्थाले यो कार्यक्रम थालनी गरेको हो । पछिल्लो समय लोहार जातिले गर्दै आएको आरन पेसा लोप हुँदै गएपछि यसलाई प्रवर्द्धन गर्न अभियान सुरु गरिएको आई.एन.एफ मुगुकि सहायक क्षमता विकास अधिकृत शारदा कुमारी हितानले बताईन । उनले भनिन् पहिलो पटक सोरु गाउपालिकाका दलित समुदायका नागरिकहरु लाई केहि भए पनि आफ्नो जिविको पार्जन गर्नको निम्ति संस्थाले आरन पेशा गर्दा आबश्यक पर्ने सामग्री आफर, रेत, घन, हतौडा, सराँसो लगायत सामान वितरण गरिएको हितानले बताईन । व्यक्तिगत लगानीमा यहाँका दलितलाई आरन पेसा बचाउने सामान वितरण गरिएको उनको भनाइ छ । सोरु गाउपालिकाका लालसिंह कामि लगायत अन्य दलित समुदायक नागरिकहरु लाई आरन पेसामा आवश्यक पर्ने सामान हस्तान्तरण गरेको बताईन । थोरै लगानीमा पनि यहाँका नागरिकहरुले आफ्नो परिवारको घर खर्च धान्नुका साथै जिविकोपार्जनमा उत्तिकै टेवा पुग्ने जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्कीले बताए । उनका अनुसार यस पेशा लाई बचाउन यहाँका स्थानीय सरकार लगायत संघ संस्थाले जोड दिनु पर्ने बताए । हराउदै गएको आरन पेशा लाई आई.एन.एफ संस्थाले थोरै लगानीमा भए पनि यसलाई बचाउन लागि परेको भन्दै संस्था लाई धन्यवाद प्रकट गरे । समन्वय प्रमुख कार्कीको संयोजगत्वमा गरिएको संयुक्त अनुगमनमा यस्तो सुझाव दिईएको हो । लालसिंह कामिले विगतदेखि गर्दै आएको काम विस्तारै हराउँदै गएको सुनाए । पहिला छालाको माध्यमबाट निर्माण हुने खँलात बाट आरन पेसा गरेका थियौँ कामीले भने पछि खँलात पनि पाइन छाडे । अहिले त यो पेसा गर्ने मान्छे नै हराए । आरन पेसा पुस्तान्तरण नहुँदा हराउँदै गएको उनको भनाइ छ । बीचमा आरन चलाउने कुनै सामान थिएनन् । आई.एन.एफ संस्थाले सहयोगपछि अब यो पेसालाई निरन्तरता दिने सोच रहेको उनले बताए । संस्थाले आरन पेशा मात्र नभएर घरमा हुने नियमित सरसफाईका सामग्री र शिक्षा क्षेत्रमा पनि उत्तिकै पैरवि गर्दे आई रहेको छ ।

फाेटाेमा हेर्नुहाेस्...

आरन पेसा बचाउन जुटेको आई.एन.एफ
आरन पेसा बचाउन जुटेको आई.एन.एफ
आरन पेसा बचाउन जुटेको आई.एन.एफ

Comments