काठमाडौंको मुटुमै रहेको कमलादीमा स्काई वाक टावर औपचारिक रुपमा सुरु


असार १७, २०८०, आइतबार | विहान ०९:५५ बजे | 10


काठमाडौंको मुटुमै रहेको कमलादीमा स्काई वाक टावर औपचारिक रुपमा सुरु

नविना श्रेष्ठ काठमाडौंको मुटुमै रहेको कमलादीमा साहसिक पर्यटनको हव बनाउने प्रयास अनुसार स्काई वाक टावर शुक्रबारबाट औपचारिक रुपमा सञ्चालन भएको छ। ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गरिएको छ। सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंको एकमात्र गन्तव्य रहेको छ। २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जानु पर्ने छ।भने दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता रहेको वन्डर्स ग्रुप प्रा.लि.का अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिनुभयो ।टावरको २५औं तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिड्न पाइन्छ । साहसिक खेल खेल्न रुचाउनेहरूलाई थप मज्जा यस स्काई वाकले दिनेछ । स्काइ वाकमार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो महसुस हुन्छ।एयरपोर्टमा जहाज उडाएको तथा जहाज ल्याण्ड गरेको दृश्यावलोकन समेत यहाँबाट सुन्दर देखिन्छ । करिब आधा घन्टासम्म त्यहाँ रहेर काठमाडौं उपत्यका, धरहरा लगायतको सुन्दर एवम् रोमाञ्चक दृश्यावलोकन गर्न सकिन्छ । झण्डै एक रोपनी क्षेत्रफलमा स्काइ वाक फैलिएको छ । यहाँ एकैपटक पाँच सय मानिस अट्नेछन् । टावरमा हिँड्नका लागि प्रयोग गरिएको सिसा ब्रिटिस स्ट्याण्डर्डको प्रयोग गरिएको पोख्रेलले जनाएका छन्। उच्च गुणस्तरको यस सिसामा हिँड्न सुरक्षित रहेको उनको भनाइ छ । टावरको २३ र २४ औँ तलामा रेष्टुरेन्ट र क्लब रहेको छ । जहाँ एकैपटक तीन सय मानिसले सेवा लिन सक्ने छ। स्काइ वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र फास्ट फुड रेष्टुरेन्ट छ। शुक्रबार र शनिबार सांगीतिक कार्यक्रम गरिने छ । कम्पाउण्डमा भएको रेस्टुरेन्ट र एम्पिथिएटरमा जान शुल्क लाग्दैन । टावरमा केही समयमा नै बञ्जी, स्विङ जस्ता अन्य साहसिक खेलहरू राख्ने तयारीमा रहेको छ। जापानमा इन्जिनियरिङ अध्ययनपछि हालको वन्डर्स ग्रुप प्रालिका अध्यक्ष आकर्षण पोखरेलले नेपालमा स्काइ वाक बनाउने सोच बनाएर नेपाल फर्की परियोजनाको काम अगाडि बढाएका हुन् । १३ रोपनी २ आना जग्गामा फैलिएको परियोजनाको कुल लागत २ अर्व रहेको छ । कति लाग्छ शुल्क ? स्काइ टावरमा जानका लागि प्रतिव्यक्ति एक हजार शुल्क तिर्नुपर्छ । स्काइ वाक भएको २५ औं तलामा भन्दा माथी जान हार्नेस लगायत सेफ्टी इक्युपमेन्टको आवस्यकता पर्दछ जसको थप हजार रुपैयाँ शुल्क लाग्छ । टावरमा प्रवेश गर्नका लागि ८० वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट उचाइसम्मको बच्चालाई शुल्क लाग्दैन । ७० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट रहेको जनाएको छ। उपत्यकाको केन्द्रमा रहेको स्काइ वाक यहाँ पुग्न उपत्यकाको हरेक स्थानबाट करिब ३० रुपैयाँसम्म भाडा तिरेर सार्वजनिक यातायातमा सहजै पुग्न सकिन्छ । स्काइ वाक शुरूवाती दिनमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने छन्।

Comments