भक्तपुर । काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लालाई समेतेर कुना काप्चा दुर दराजसम्म लुकिबसेका अनेकौँ अन्तरनिहित प्रतिभहरु प्रस्फुटन गराउने अनुरुप टेलिभिजन रियालिटी शो को भन्दा को कम नामक प्रतियोगिता सञ्चालन हुँदैछ ।


प्राज्ञिक सफलता एवंम स्मृद भविष्यको एउटै गन्तव्य भन्ने मुल ध्येयलाई आत्म साथ गर्दै गायन, नृत्यु, अभिनय जस्तो तीन भिन्नाभिन्नै विधालाई समेतेर छ वर्ष देखि सत्र वर्ष उमेरका एक कक्षा देखि बाह्र कक्षा सम्म सम्पूर्ण नानीहरुले सहभागिता जनाउन पाइने कुरा किड्स ¥याम्प सोलुसनका कार्यक्रम निर्देशक अनिम छुस्याबागले बताउनु भयो ।

‘को भन्दा को कम’ देलिभजन रियालिटी शो नामक प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली शास्त्रीय संगीतका वरिष्ठ प्रशिक्षक चण्डी प्रसाद काफ्ले, चर्चित गायक राज सिग्देल, बहुचर्चित वरिष्ठ निर्देशक विकास आचार्य, बहुचर्चित बालकलाकार अनुभव रेग्मी, बहुचर्चित अभिनेत्री मिथिला शर्मा तथा बहुचर्चित चलचित्र नृत्य निर्देशक कबिराज गहतराज आदि श्रेद्धय व्यक्तिहरुले निर्णय तय गर्नेछन् । आउँदो मंसिर ६ गतेबाट हरेक साता शुक्रबार, शनिबार साँझ ९ बजे एपि वान एच.डी टेलिभजन मार्फत नियमित रुपमा प्रत्यक्ष प्रशारण हुने टेलिभजन रियालिटी शो तेत्तिस श्रङ्खला चरणको प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय, सान्त्वना (चार जना) बिजेताले नगद पुरस्कार स्वरुप पन्ध्र लाख, दस लाख, पाँच लाख र एक–एक लाख रुपैँयाका साथै विविध अवसरहरु पनि प्रदान गरिने कार्यक्रमको हरेक साता निर्णायक मण्डलको एक तर्फी निर्णय र दर्शकको मत (एस.एम.एस भोटिङ्) को आधारलाई मध्य नजर गरी भोटिङ्मा कम नंम्बर (अङ्क) ल्याउने प्रतिस्पर्धाहरु मध्ये एक जना प्रतियोगिता बाट स्वतः बाहिरिने जानकारी कार्यक्रम निर्देशकले जानकारी दिनुभयो ।


...

All Comments.......


Please Login/Register To Comments