विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न


जेठ २४, २०८३, आइतबार | विहान १०:१५ बजे | 125


विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न

विश्वराज अर्याल, २२ गते,शुक्रवार,

भरतपुर १८

परमानन्द वैदिक गुरुकुल, विश्व वातावरण दिवसको अवसरमा पर्यावरण संरक्षण एवं संवर्द्धन संस्था द्वारा आयोजित सरसफाइ तथा वृक्षारोपण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दयानिधि अर्याल को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला समन्वय समिति सदस्य कृष्ण भक्त भट्टराई रहनुभएको थियो। कार्यक्रममा अतिथिका रूपमा परमानन्द संस्कृत वैदिक गुरुकुल संचालक समितिका अध्यक्ष श्रीलाल अधिकारी,परमानन्द संस्कृत वैदिक गुरुकुल पूर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ ढकाल,चनौली वजार ब्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकाल, परमानन्द संस्कृत वैदिक गुरुकुलका प्राचार्य ज्ञानप्रसाद भुर्तेल तथा विश्वराज अर्याल को उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य विश्वराज अर्यालले राख्नुभएको थियो। मन्तव्य राख्ने क्रममा श्रीलाल अधिकारी, हुमनाथ ढकाल, मुक्तिनाथ ढकाल तथा प्रमुख अतिथि कृष्ण भक्त भट्टराईले वातावरण संरक्षण, सरसफाइ तथा वृक्षारोपणको महत्वबारे प्रकाश पार्नुभएको थियो। परमानन्द संस्कृत गुरुकुलको परिसरमा सरसफाइ तथा वृक्षारोपण गरी मनाइएको उक्त कार्यक्रममा सहभागी सम्पूर्णलाई संस्थाका अध्यक्ष दयानिधि अर्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव विष्णु प्रसाद अर्यालले गर्नुभएको थियो। विश्व वातावरण दिवसको अवसरमा आयोजित यस कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वच्छ र हरित वातावरण निर्माणमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ।वृक्ष रोपणकोलागि विरुवाको ब्यवस्थापन सस्थाका सदस्य हरिराज अर्याल सहित संस्थाका कार्यसमितिको पहलमा ब्यवस्था गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न

Comments

ताजा खबर