शान्ति निकेतन मा. बि. मा स्काउट अभिभावक शिक्षा कार्यक्रम सम्पन्न


जेठ २४, २०८३, आइतबार | राति १०:१६ बजे | 65


शान्ति निकेतन मा. बि. मा स्काउट अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

स्काउट अभिभावक शिक्षा कार्यक्रम बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले शान्ति निकेतन मा. बि. मा स्काउट अभिभावक शिक्षा कार्यक्रम बिद्यालयका प्र.अ.दिपक नेपालको सभापतित्वमा सम्पन्न भयो। स्काउटले बालबालिकामा अनुशासन, नेतृत्व क्षमता, आत्मनिर्भरता, सेवा भावना, सहकार्य र जिम्मेवारी जस्ता जीवनोपयोगी गुणहरूको विकास गराउँछ भन्दै स्काउट कक्षामा यी गुणहरूको विकासमा विद्यालय र स्काउटसँगै अभिभावकको सक्रिय सहभागिता र सहयोग पनि उत्तिकै आवश्यक हुने कुरा प्रमुख अतिथि स्थानिय स्काउट कार्यालय सुर्यबिनायकका प्रमुख आयुक्त कृष्मा थोकरको बताउनुभयो । यस कार्यक्रममार्फत अभिभावकहरूलाई स्काउटका उद्देश्य, सिद्धान्त, गतिविधि तथा बालबालिकाको व्यक्तित्व विकासमा यसको योगदानबारे जानकारी स्काउट मास्तर जीवन सुवालले अभिमुखिकरण प्रदान गरिएको थियो। कार्यक्रममा बालबालिकाको सकारात्मक व्यवहार निर्माण, आत्मविश्वास वृद्धि, समय व्यवस्थापन, डिजिटल युगका चुनौतीहरू तथा घरमा सिर्जना गर्नुपर्ने सहयोगी वातावरणका बारेमा स्थानीय स्काउट कार्यालय कार्यसमिति सदस्य इन्द्रसरोवर गा. पा.का सुवास चन्द्र ढुङेलले अभिभावक संग छलफल गरि आफ्नो अनुभव समेत प्रस्तुत गर्नु भएको थियो। साथै, बालबालिकालाई केवल शैक्षिक सफलतामा मात्र सीमित नराखी असल चरित्र, नैतिक मूल्य, सामाजिक उत्तरदायित्व र राष्ट्रप्रेमको भावनासहितको सक्षम नागरिकका रूपमा विकास गर्न अभिभावकले खेल्नुपर्ने भूमिकाबारे चर्चा कार्यक्रम गरेको थियो। अभिभावक, विद्यालय र स्काउटबीचको सुदृढ सहकार्यले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वासका साथ यो कार्यक्रम सञ्चालन गरेको थियो। स्काउटको मूल भावना “सधैं तयार” लाई आत्मसात गर्दै बालबालिकालाई जीवनका हरेक चुनौती सामना गर्न सक्षम, संस्कारयुक्त र जिम्मेवार नागरिक बनाउने अभियानमा अभिभावकहरूको साथ र सहयोग अपरिहार्य रहेको सन्देश यस कार्यक्रमले प्रवाह गरेको भन्ने कुरा आयोजकले बताउनुभयो ।

Comments

ताजा खबर