‘पारिवारिक शान्ति सहभोज’ कार्यक्रम भव्य रूपमा सम्पन्न


जेठ २४, २०८३, आइतबार | राति ०९:२४ बजे | 25


‘पारिवारिक शान्ति सहभोज’ कार्यक्रम भव्य रूपमा सम्पन्न

युनिभर्सल पिस फेडरेसन नेपालद्वारा संयुक्त राष्ट्रसंघीय विश्व अभिभावक दिवसको अवसरमा आयोजित ‘पारिवारिक शान्ति सहभोज’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम शनिबार काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। ‘एक विश्व, एक परिवार’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा परिवारलाई शान्तिपूर्ण, सभ्य र समृद्ध समाज निर्माणको आधारस्तम्भका रूपमा व्याख्या गर्दै पारिवारिक मूल्य, नैतिक शिक्षा, आपसी सम्मान तथा सामाजिक सद्भावको महत्वबारे विशेष चर्चा गरिएको थियो। 

कार्यक्रममा शिक्षा, समाजसेवा, अन्तर्राष्ट्रिय समन्वयलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले वर्तमान समयमा देखिएका सामाजिक विकृति, पारिवारिक विखण्डन तथा विभिन्न चुनौतीहरूको समाधानका लागि आदर्श, जिम्मेवार र सुदृढ परिवारको आवश्यकता औंल्याएका थिए। सोही अवसरमा समाजमा शान्ति, सद्भाव र सकारात्मक परिवर्तनका लागि महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई ‘शान्ति दूत’ सम्मान प्रदान गरिएको थियो। यसक्रममा विदेशमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूको संगठनका अध्यक्ष तथा शिक्षासेवी नवराज काफ्ले र सम्झना गिरी काफ्ले सम्मानित हुनुभएको हो। सम्मान ग्रहण गर्दै उहाँहरूले प्राप्त सम्मानप्रति आभार व्यक्त गर्नुभयो। उहाँहरूले उक्त सम्मानले शिक्षा, समाजसेवा तथा मानवीय सेवाका क्षेत्रमा अझ बढी जिम्मेवार र सक्रिय भएर काम गर्न प्रेरणा मिलेको बताउनुभयो। साथै, शान्ति, सहकार्य, सामाजिक एकता र सकारात्मक परिवर्तनका लागि निरन्तर योगदान दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो

फाेटाेमा हेर्नुहाेस्...

‘पारिवारिक शान्ति सहभोज’ कार्यक्रम भव्य रूपमा सम्पन्न

Comments

ताजा खबर