विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुरमा जनचेतनामूलक रक्तदाता यात्रा 


जेठ २४, २०८३, आइतबार | दिउँसो ०२:५६ बजे | 150


विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुरमा जनचेतनामूलक रक्तदाता यात्रा 

भक्तपुर, जेठ २४
विश्व रक्तदाता दिवस २०२६ को अवसर पारेर ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान) ले आइमतबार भक्तपुरमा जनचेतनामूलक रक्तदाता यात्रा आयोजना गरेको छ । ब्लोडानका केन्द्रीय उपाध्यक्ष तथा जनचेतना यात्राका संयोजक उज्ज्वल के.सी.ले जनाए अनुसार रक्तदानको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले बिहान ७ बजे सिद्धपोखरी, दुधपाटीबाट कार्यक्रम सुरु गरिएको हो ।
“मानवताका लागि एक थोपा, रक्तदान गरौं, जीवन बचाऔं” भन्ने नारासहित आयोजना हुने कार्यक्रममा विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, रक्तदाता, युवाक्लब तथा सर्वसाधारणको सहभागिता रहेको थियो । रक्त अभावका कारण बिरामीले समयमै रगत नपाउने समस्या न्यूनीकरण गर्न स्वैच्छिक रक्तदान संस्कृतिको विकास आवश्यक रहेको भन्दै ब्लोडानले विश्व रक्तदाता दिवसको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
जनचेतना यात्रा सिद्धपोखरीबाट सुरु भई वंशगोपाल–नासमना–टौमढी–मुलढोका हुँदै दत्तात्रय मन्दिर परिसरमा पुगेर समापन भएको थियो । संस्थाले नियमित रक्तदान गरी जीवन बचाउने अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्दै वर्षमा कम्तीमा दुई पटक रक्तदान गर्न आह्वान गरेको थियो ।
कार्यक्रमको उदघाटन भक्तपुरका सांसदहरु रुकेश रञ्जित, राजीव खत्री, मदनकृष्ण श्रेष्ठ, डा गंगालक्ष्मी अवाल, प्रमिला कुलुजूलगायतले संयुक्त रुपमा गरेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुरमा जनचेतनामूलक रक्तदाता यात्रा 

Comments

ताजा खबर