आदर्शमा घरेलु कृषि पर्यटन मेला सुरु, आइतबारसम्म चल्ने
असार १५, २०८०, शुक्रबार | दिउँसो १२:५३ बजे | 50
भक्तपुर । भक्तपुरमा घरेलु तथा कृषि पर्यटन उद्योग प्रवर्धनका लागि घरेलु कृषि पर्यटन मेला शुक्रबारदेखि सुरु भएको छ । मेलाको उदघाटन सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले गरे ।
भक्तपुरमा उत्पादित घरेलु तथा कृषि उत्पादन एवं नेपाली रैथाने उत्पादन,नेवारी खानाका परिकार सहित भक्तपुरको सूर्यविनायकमा असार १५ देखि १७ सम्म मेला हुने हो ।