भोलिदेखि सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८०
असार १४, २०८०, बिहीबार | विहान ०८:२१ बजे | 40
प्रेस नोट
दिगो विकास व्यवस्थित शहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर भन्ने दीर्घकालीन सोच अनुसारको लक्ष्य प्राप्तिको लागि आर्थिक विकास एक महत्वपूर्ण सूचक भएको कुरा महशुस गरी सूर्यविनायक नगरपालिकाको आयोजना घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गतेदेखि १७ गतेसम्म ३ दिने सूर्यविनायक घरेलु कृषि तथा पर्यटन मेला २०८० आयोजना हुँदैछ । सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासको रुपमा रहेको घरेलु तथा साना उद्योग कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनसँगै कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने उद्देश्यका साथ आधुनिक प्रविधि र अनलाइन मार्केटिङगमा उत्पादनक र उपभोक्तासम्म पहुँच पुर्याउने लक्ष्यका साथ मेला आयोजना गरिएको हो ।
मेलामा घरेलु उद्योगका परम्मपरागत तथा मौलिक उत्पादन र सीप उजागर गरिनेछ । मेलामा सूर्यविनायकका लघु, घरेलु,साना उद्यमी एवं महिला उद्यमीहरुको उत्पादनहरु स्वदेशि औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसायहरु, स्थानीय मौलिक उत्पादनहरु ( जुजु द्यो, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाडाँकुडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्टकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामारी, बारासहितको फुट फेष्टिवल मौलिक एवं परम्मपरागत साँस्कृतिक प्रस्तुती, स्थानीय गायक गायिकाको साङ्गितिक प्रस्तुतीसहित मेलामा ९० वटा स्टलहरु रहनेछन् । तीन दिनसम्म सञ्चालन हुने मेलामा दश हजार भन्दा बढि सहभागिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मेलामा कृषि र पर्यटन क्षेत्रमार्फत सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासमा खेल्न सकिने भूमिकाका बारेमा छलफल विचार, विमर्श र सरोकारवालासँग अन्तक्र्रिया आयोजना गरिनेछ । जसले समग्र सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा टेवा पुग्ने विश्वास लिएका छौं । मेलामा स्टल र अवलोकन निशुल्क गरिएको छ ।
मेलाबाट स्थानीय उद्योगी तथा व्यावसायिहरुको बजार उपभोक्तासम्मको सञ्जाल विस्तार हुने विश्वास लिएका छौं । स्थानीय मौलिक उत्पादन तथा वस्तु उद्योग सूर्यविनायक नगरपालिका क्षेत्रको उत्पादन स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हँुँदै अन्तर्राट्रिय स्तरसम्म पुहँच अभिवृद्धि भइ पर्यटन उद्योगलाई जोड्ने अपेक्षा गरिएको छ ।
यस्तो प्रकारको मेला सूर्यविनायक नगरपालिकाको लागि पहिलो अनुभव हो यसलाई सफल बनाउन यहाँका जनप्रतिनिधि, कर्मचारी प्रशासन, उद्योगी व्यवसायी, कृषि क्षेत्रमा लाग्नु भएका महानुभावहरु, सहकारी, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने हुदां सवै क्षेत्रबाट यस मेलालाई सफल बनाई उद्योग, कृषि र पर्यटन विकासका लागि नगरपालिकाको प्रयासलाई सहयोग पुर्याईदिनु हुन सवैमा हार्दिक अनुरोध गर्दछौ ।
प्रवक्ता रबिन्द्र सापकोटा
सूर्यविनायक नगरपालिका
फाेटाेमा हेर्नुहाेस्...