समदर्शी साकोसमा ३ महिने धिमेबाजा प्रशिक्षण सुरु


असार ११, २०८०, सोमबार | विहान ०५:१४ बजे | 45


समदर्शी साकोसमा  ३ महिने  धिमेबाजा प्रशिक्षण सुरु

असार ११
यस समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. मा ३ महिने धिमेबाजा प्रशिक्षण असार १० आइतबारदेखि सुरु भएको छ ।
३ महिने धिमेबाजा प्रशिक्षणको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष एवम प्रबन्ध निर्देशक हरिराम लवजुले धिमे हस्तान्तरण गरि गर्नुभएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष एवम प्रबन्ध निर्देशक हरिराम लवजुले सस्थाको सामाजिक उत्तरदायित्व वहन अन्तर्गत संस्थाबाट सास्कृतिक टोलि बनाउन लगेको बताउनु भयो । संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले भक्तपुर एउटा सास्कृतिक नगरी भएको र यहाँ को सस्कृती जगेर्ना गर्नु सबैको दायित्व भएको हुँदा संस्था बाट धिमे सिकाउन लागेको बताउनुभयो ।
कार्यक्रममा ऋण अधिकृत नविन प्रजापति प्रशिक्षक बिमल लवजुले बोल्नुभएको थियोे ।
प्रशिक्षक बिमल लवजु र सुशील लवजुले दिनुहुने ३ महिने धिमेबाजा प्रशिक्षणमा जम्मा २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियोे ।






Comments