भक्तपुर नगरपालिकाको बजेट ः वागमति प्रदेश सरकारबाट विभेद्
असार १०, २०८०, आइतबार | दिउँसो ०२:५४ बजे | 20
भक्तपुर नगरपालिकाको बजेट प्रस्तुत गर्दै उपप्रमुख रजनी जोशीले बागमति प्रदेशबाट सो नगरपालिकालाई समपुरक र विशेष अनुदान प्राप्त नभएको भन्दै भक्तपुर नगरपालिकालाई विभेद गरिएको ठम्याइ रहेको बताइन् । ‘संघीय सरकारबाट विशेष अनुदानतर्फ रु. २ करोड ५० लाख र समपुरक अनुदानतर्फ रु. ५० लाख प्राप्त हुने अनुमान छ । आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारबाट समपुरक र विशेष अनुदानमा रकम प्राप्त नभएकोमा हाम्रो विशेष ध्यानाकर्षण भएको छ । वागमती प्रदेश सरकारबाट भक्तपुर नगरपालिकालाई विभेद गरिएको हाम्रो ठम्याइ छ,’ प्रस्तुत बजेटमा उल्लेख छ । केन्द्रिय सरकारको आलोचना गरिरहने भक्तपुर नगरपालिकामा मेयर, उपमेयरदेखि वडा अध्यक्ष तथा सम्पूर्ण वडा सदस्यहरुसमेत क्लिन स्विप हुने गरी नेपाल मजदुर किसान पार्टीका उम्मेदबारहरुले विजय हासिल गर्दै आएका छन् ।