तीनदिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला हुने


असार १०, २०८०, आइतबार | विहान १०:३३ बजे | 40


तीनदिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला हुने

भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजना, भक्तपुर घरेलु तथा साना उद्योग संघको संयोजन, भक्तपुर पर्यटन विकास समितिको प्रवद्र्धन तथा बायोब्यगस् नेपालको प्रायोजनमा यही असार १५, १६ र १७ गते तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० हुँदै छ । सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको घरेलु तथा साना उद्योग, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन सँगसँगै उद्योगी व्यवसायीहरुलाई सीधै उपभोक्ता तथा बजार र आधुनिक प्रविधि तथा अनलाइन मार्केटिङसम्म पहुँच पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा घरेलु उद्योगका परम्परागत तथा मौलिक उत्पादन, सीप उजागर गरिने छ ।
त्यस्तै कृषि र पर्यटनका क्षेत्र मार्फत सूर्यविनायक नगरपालिकाको समग्र विकासमा खेल्न सकिने भूमिकाबारे छलफल, विचार विमर्श र अन्तरक्रिया हुनेछ । जसले समग्र सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्नेछ। मेलाका आकर्षणहरु स् भक्तपुरका लघु घरेलु, साना उद्यमी एवं महिला उद्यमीका उत्पादनहरु, स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यवसायीहरु, स्थानीय मौलिक उत्पादनहरु जु जु धौ, ताइचिन चिउरा, कालो भादगाउँले टोपी, माटाका भाँडा कुँडाका उत्पादन, कृषि उत्पादन तथा उपज र प्रविधि, हस्तकलाका उत्पादनहरु, काष्ठकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु, मौलिक नेवारी खाजास् सम्हेबजी, योमरी, चतामरी, बारासहितको फुड फेस्टिभल, मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुत, स्थानीय गायक गायिकाहरुको म्युजिक फेस्टिभल। मेलामा ९० वटा स्टल रहनेछन् । मेलावाट स्थानीय उद्योगी व्यवसायीहरुको बजार तथा उपभोक्ता सञ्जाल विस्तार हुने बिश्वास लिएको छु । त्यस्तै स्थानीय मौलिक उत्पादन तथा वस्तु, उद्योग सूर्यविनायक नगरपालिकाकोे स्थानीय, प्रादेशिक, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन भई यस मार्फत पर्यटन उद्योगमा जोड्न सघाउ पुग्ने विश्वास गरिएको छ ।

Comments