थिमिमा सकियो सिलाई मेशिन मर्मत तालिम
असार ९, २०८०, शनिबार | विहान ०४:४८ बजे | 25
मध्यपुर थिमि । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरद्धारा सिलाई मेशिन तालिम सम्पन्न गरेको छ । सिलाई व्यवसायीहरुलाई ५ दिने प्रयोगात्मक तालिम प्रदान गरेको संघका भक्तपुर अध्यक्ष सुवरत्न बज्राचार्यले जानकारी दिनुभयो । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदानगर्दे मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले तालिममा सिकेको सीप र ज्ञान व्यवहारमा लागु गर्न आग्रह गर्दै स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने बताउनु भयो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले घरेलु उद्योगको रुपमा रहेको सिलाई पेशाको विकास र विस्तारमा वडा कार्यालय सदैव सहयोगी रहेको बताउनु भयो । कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरका अध्यक्ष सुवरत्न बज्राचार्य, उपाध्यक्ष रामकृष्ण सांगाछें, सचिव दीपक वासुकला लगायतका वक्ताहरुले कालीगढले सिलाई मेशिनमा आएको सामान्य समस्या आफैं समाधान गर्न तालिमले सहयोग गरेको बताउनु भयो । कार्यक्रममा संघका ललितपुरका सचिव महेश कायस्थ, प्रशिक्षक रुपेन्द्र नकर्मी, प्रशिक्षार्थी सूर्यलक्ष्मी प्रजापति लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उक्त तालिम कार्यक्रम मध्यपुर थिमि नपा ७ नगदेशमा भएको थियो ।