छाडेर काम सारा एक काम रोजी रहेछु यो देशमा म एउटा मानिस खोजिरहेको छु............,


असार ९, २०८०, शनिबार | विहान ०३:३८ बजे | 135


छाडेर काम सारा एक काम रोजी रहेछु यो देशमा म एउटा मानिस खोजिरहेको छु............,

भक्तपुर । पूर्वीय दर्शन, अध्यात्मदेखि जीवन र जगतको बारेमा छलफल अनि बहस गर्दै आएको संस्था प्राञ्जल नेपालमा राष्ट्रवाद र राष्ट्रियताको विषयमा छलफल भएको छ । प्राञ्जल नोपलका अग्रज शिक्षा एवं योगाचार्य विश्वनाथ बराल स्वाभीमानको अर्थ र महत्व बुझेपछि व्यक्ति आफ्नो मौलिक पहिचानको बारेमा जानकारी राख्ने बताउनु हुन्छ । योगाचार्य बराल मातापिता, जन्मभूमिको महत्व बुझेपछि राष्ट्रियता र स्वाभिमानबारे अवगत हुने धारणा राख्नु हुन्छ । अगाध राष्ट्रप्रेमको पक्षमा बोल्ने र लेख्ने योगाचार्य बरालका छाडेर काम सारा एक काम रोजीरहेछु यो देशमा म एउटा मानिस खोजिरहेको छ............, जय जय नेपाल............ लगायतका दर्जनौं राष्ट्रवादी कालजयी गीतहरु बजारमा आएका छन् । राष्ट्रियता आत्म सन्तुष्टी मात्रै नभई आफ्नी आमाको अस्तित्व रक्षाकालागि राष्ट्रिय भावनाको विकास अनि विस्तार जरुरी रहेको योगाचार्य बरालको तर्क छ । प्राञ्जल नेपालका अध्यक्ष डिल्लीराम गौतम पूर्वीय दर्शन र अध्यात्मबाट नै राष्ट्रिय भावना जागृत हुने तर्क गर्नुुहुन्छ । अध्यात्म, धर्म हुदंै भौतिकवादी दर्शन अनि व्यवहारको समायोजन भएमा व्यक्ति राष्टवादी बन्ने र उसको लेखाई पनि राष्ट्रवादी चिन्तनको हुने अध्यक्ष गौतमको तर्क छ । प्राञ्जल नेपालका अग्रज एवं शिक्षाकर्मी विनोदकुमार कोइराला धर्म अनुशासन हो र अध्यात्म र धर्मको परावर्तन व्यवहारमा भएको धारणा राख्नु हुन्छ । योगी, महर्षि एवं कर्मयोगीहरुको आत्मकथाको अध्ययनपछि दिव्यज्ञान प्राप्त हुने र उक्त ज्ञानलाई व्यवहारमा लागुगरेमा राष्ट्रियता र स्वाभिमान प्रकट हुने शिक्षाकर्मी कोइरालाको तर्क छ । योग्य व्यक्ति चिन्न योग्यता चाहिन्छ भन्दै सैद्धान्तिक अनि औपचारिक अध्ययनले मात्रै व्यक्ति असल र सफल नहुने प्राञ्जल नेपालका सदस्य सागर गुरागाईंको धारणा छ । मातापिता, समाज अनि राष्ट्रका लागि सकारात्मक सन्देश प्रवाह हुने लेख रचना मार्फत समाजमा सचेतना छर्न सकिने निष्कर्ष आएको प्राञ्जल नेपालका अध्यक्ष डिल्लीराम गौतमले बताउनु भयो । तर राष्ट्रिवादी हुन पनि अध्यात्म र पूर्वीय दर्शनबारे ज्ञान हुनुपर्ने अध्यक्ष गौतमको तर्क छ ।

Comments