भक्तपुरमा व्यवसायको वर्तमान अवस्था र बैक कर्जा तथा व्याजदर विषयमा छलफल


असार ८, २०८०, शुक्रबार | दिउँसो ०३:०४ बजे | 40


भक्तपुरमा व्यवसायको वर्तमान अवस्था र बैक कर्जा तथा व्याजदर विषयमा छलफल

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले ल्याएको बजेट जनताको पक्षमा नभएको बताएका छन् । व्यवसायको वर्तमान अवस्था र बैक कर्जा तथा व्याजदर विषयमा भक्तपुर उद्योग वाणिज्य संघले शुक्रबार गरेको छलफल कार्यक्रमको उदघाटन गर्दै नेता परियारले त्यही कारण बजेट पास गर्नुपर्ने आवश्यकता नभएको बताए । 
नेता परियारले बजेट सधै निजी क्षेत्रको विपक्षामा रहने गरेको भन्दै सहभागी उद्योगी व्यवसायीहरुलाई मख्ख पारे । ‘कुल राजश्वको ८० प्रतिशत राजश्व निजी क्षेत्रबाट संकलन हुन्छ, उनले तथ्यांक प्रस्तुत गर्दै भने, ‘कुल रोजगारीको पनि ८५ प्रतिशत रोजगारी निजी क्षेत्रबाट प्राप्त हुन्छ तर सरकार सधै निजी क्षेत्रको अहितमा बजेट बनाउँंछ ।’
 
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले चालू बैंक कर्जा हटाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष (जिल्ला नगरतर्फका) सुरजकृष्ण बैद्य, संघका सल्लाहकार युवक राजभण्डारीलगायतले व्यवसायीका विविध समस्याबारे चर्चा गरे । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँं धौबञ्जा, उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजेन्द्रप्रसाद प्रजापति, सचिव दिनेश गोसाईलगायतले आआफनो धारणा राखेका थिए । 

Comments