प्रविधि हस्तान्तरणले ल्याएको खुशी


असार ६, २०८०, बुधबार | विहान १२:५३ बजे | 20


प्रविधि हस्तान्तरणले ल्याएको खुशी

रेणु त्वानाबासु

भक्तपुर । विगत १५ वर्षदेखि सिलाई  गर्दै आएकी भक्तपुरकी रीता कासिछ्वा जुकी मेसिन पाएपछि कामले अझ गति लिएको बताउँछिन् । नरमल खुट्टाको सहायताले चलाउने मेसिनमा एउटा कुर्ता सुरुवाल सिलाउन १ देखि डेढ घण्टा लाग्छ भने यसले आढा घण्टामा नै सिलाई सक्छ, उनले भनिन् । चलाउन पनि सजिलो, हास्दै भन्छिन् उनी ।

 यसमा खासै समस्या पनि नहुने उनको अनुभब छ । उनले ३ वर्ष अगाडि पनि जुकी मेसिन अनुदानबाटै लिएको बताइन् । यसले कुनै समस्या र झनझन नभएको उनी बताउँछिन् । यसले गर्दा खुट्टा चलाइराख्नुपर्ने बाध्यता हटेको छ । अनुदाममा पाए पनि २० प्रतिशत उद्यमीले राख्नुपर्ने व्यवस्था राम्रो भएको उनी बताउँछिन् । अहिले ५० प्रतिशत राख्नुपर्दा साना उद्यमीलाई गाह्रो भएको उनी सुनाउँछिन् ।

भक्तपुरको महिला उद्यमी समिताका अध्यक्ष देवका श्रेष्ठले यसपाली आफूले लिएको लप्सी मेसिन एकदम कमसल परेको गुनासो पोखिन् । श्रेष्ठले केही महिनादेखि नै यसले काम गर्न छाडेको, बारम्बार विग्रीरहने समस्या भएको बताइन् । उनले प्रदेश सरकारले दिने अनुदान उद्यमीको उद्योग अनुगमन गरेर त्यसलाई कस्तो खालकोप्रविधिको आवश्यकता छ त्यो बुझेर दिए अझ प्रभावकारी हुने उनी बताउँछिन् ।

किनकी एकजना कामदार भएको उद्यमीलाई पनि त्यही साइजको समान अनि १० जना कामदार भएको उद्यमीलाई पनि एउटै साइजको मेसिन उपलब्ध गराउनुको केही औचित्य नभएको उनको भनाई छ । उनले पहिला प्रदेशको ५० र उद्यमीको ५० प्रतिशतको नीति राम्रो भएको उनको भनाई छ । तर यसवर्ष हाइड्रा फेसियल मेशिन लिएकी सुम्रित्रा श्रेष्ठले ५०–५० प्रतिशत भन्दा पनि प्रदेशले ८० उद्यमीले २० प्रतिशत राख्ने सुविधा नै उद्यमीको लागि राम्रो भएको बताइन् ।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले प्रदेश उद्योग मन्त्रालय अन्र्तष्त घरेलु तथा साना उद्योग कार्यालय सहभागितामा प्रविधि हस्तान्तरण गरेको बताए । उनले करिब ७० लाखको प्रविधिहरु हस्तान्तरण गरेको बताए । यस वर्ष पदेश ५० प्रतिशत र ५० प्रतिशत उद्यमीको राख्नुपर्ने नियमानुसार प्रविधि उद्यमीलाई प्रविधि वितरण गरेको थियो ।

गतवर्ष प्रदेशको ८० प्रतिशत अनुदान र उद्यमीले उद्यमीले २० प्रतिशत मात्र राख्नुपथ्र्यो, उनले भने, तर यो वर्ष ५०–५० प्रतिशत गरे । उनले यस विषयमा आपत्ति जनाएका छन् । यसले गर्दा साना उद्योगीले यस अनुदानको सेवाबाट बञ्चित हुने सम्भावना धेरै हुने उनले जानकारी गराए । त्यस्तै कति अनुदान बजेटमा छुट्याएको छ तर कार्यान्वयन नभएको उनको गुनासो छ ।

महिला उद्यमीका लागि जुकी मेसिन २५ थान, एकजनालाई एउटाको दरले, १२ वटा हाइड्राफेसियल मेसिन, कृषि ट्याक्टर ३ वटा वितरण गरिएको जनाइयो ।

Comments