इताछेँस्थित नरमल्ला फल्चा शिलान्यास


जेठ २५, २०८०, बिहीबार | विहान ०९:४५ बजे | 50


इताछेँस्थित नरमल्ला फल्चा शिलान्यास

कञ्चन किसी
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. २ इताछेँस्थित नरमल्ला फल्चाको बिहीबार एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले भक्तपुर देशकै सानो नगरपालिका भएर पनि सबैको लागि उदाहरणीय काम गर्दै आएको बताउ“दै भक्तपुरलाई शिक्षा, स्वास्थ्यको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यअनुसार नपाले काम गर्दै आएको बताउनुभयो ।
शिक्षामा पछाडि परेको समाज सबै क्षेत्रमा पछाडि पर्ने बताउ“दै भक्तपुर नपाले सञ्चालन गरेका कलेजहरुमा देशभरिका विद्यार्थीहरुले सस्तोमा गुणस्तरीय शिक्षा हासिल गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले लोपोन्मुख सम्पदाहरुलाई संरक्षण गर्दै लोप भइसकेको सम्पदाहरुको प्राप्त प्रमाणहरुको आधारमा उत्खनन् गरी संरक्षित राख्ने काममा जोड दिंदै आएको उहा“ले बताउनुभयो ।
त्यस्तै भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाका विकास निर्माणका गतिविधिबारे अवगत गराउँदै जनताको माग र आवश्यकताअनुसारका योजनाहरुलाई प्राथमिकताको आधारमा अगाडि बढाउँदै जाने बताउनुभयो । भनपा वडा नं. २ ले आ.व. २०७९।८० मा ११ वटा सम्पदाहरु निर्माण सम्पन्न गरिसकेको बताउँदै जनताको गुनासो सम्बोधन गर्न क्रियाशीलका साथ अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा २ का पार्टी इन्चार्ज राजन जति, वडा सदस्यद्वय श्यामसुन्दर मातां र मन्जुमैयाँ लाखाजु र नरमल्ला फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष गणेशभक्त खर्बुजाले पनि बोल्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

इताछेँस्थित नरमल्ला फल्चा शिलान्यास

Comments