काव्यप्रेमी कवि पदम दाहाल


बैशाख २५, २०८०, सोमबार | विहान ०५:१७ बजे | 20


काव्यप्रेमी कवि पदम दाहाल

चुडाप्रसाद चौलागाईं 
कवि कविता होस्, कविता कवि होस् ।
कविता तब पो बन्छ, शब्द थुपारीकन के हुन्छ ? 
भाव भए पो हुन्छ । 
कविता भनेको कविको अन्र्तमनका कुराहरूको पुञ्जलाई फुकाउँदै सही तथ्य कुरालाई काव्यात्मक शैलीमा अभिव्यक्त गर्ने कला हो । सहज कविको कवितामा सत्यता पाइन्छ । र, प्राकृतिक सौन्दर्य ६ किसिमका ऋतुहरूको सङ्केत पनि कविले कवितामा व्यक्त गरेका हुन्छन् । नेपाली काव्य फाँटमा कविता रचना गर्नेहरूको सङ्ख्या कम छैन । सच्चा कविको कविताले पाठकलाई आनन्द दिन्छ । यो रागात्मक अभिव्यक्ति पनि हो । नेपाली कविता फाँटमा कलम चलाउन सुरुआत आजभन्दा धेरै वर्ष अगाडि शक्तिबल्लभ अर्यालको पालादेखि नै भएको मानिन्छ । कविता फाँटका पुराना कविहरूले खनेको गोरेटोबाट बिस्तारै समय–समयमा थुप्रै काव्यप्रेमीहरूले कलम चलाउँदै आएका हुन् । ती आएकाहरूमध्ये कैयौंका पुस्तकहरूमा सुरक्षित छन् भने कैयौँका भने हराउन पुगेका छन् । पुस्तकमा सुरक्षित रहेका कविताहरू भने विद्यालयको सुरुका कक्षादेखि उच्च महाविद्यालय, विश्वविद्यालयसम्मका विद्यार्थीहरू पढिरहेका हुन्छन् । कतिपय काव्यप्रेमीहरूले अनौपचारिक रूपमा भए पनि अध्ययन गरिरहेका हुन्छन् । सबैको नाम यहाँ राख्न त्यति सम्भव छैन । तैपनि केही कविहरूको नाम राख्न अनुपयुक्त नहोला । जस्तैः भानुभक्त आचार्य, मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा, विजय मल्ल, सिद्धिचरण श्रेष्ठ, माधव प्रसाद घिमिरे आदि आदि । यस्ता काव्यप्रेमीहरू अरु थुप्रै छन् । जसमध्ये उत्तरआधुनिक कालका कविको हैसियतमा कलम चलाउने एकजना काव्यप्रेमी हुनुहुन्छ पदम दाहाल । उहाँले रचेका केही काव्यकृतिहरू यहाँ उल्लेख गर्न प्रयास गरिएको छ । 
‘बादलका तरेलीहरू’ कविता संग्रह, ‘स्वेताम्बरी’ कविता सङग्रह, ‘आँसुको दह’ कवितासङ्ग्रह लगायत समयसामयिक साहित्यिक पत्रपत्रिका र विभिन्न पत्रपत्रिकामा लेखिएका थुप्रै कविताहरू छन् उहाँका ।
काव्यप्रेमी पदम दाहाल एकातिर साहित्यमा कलम चलाउने काममा व्यस्त देखिनुहुन्छ भने अर्कातिर अध्यापन कार्यमा व्यस्त रहँदै थुप्रै अनुभव बटुलेका व्यक्तित्व पनि हुनुहुन्छ । अध्यापन गर्ने व्यक्ति भनेको समुद्र किनारमा पल्टिरहेको ढुङ्गा जस्तै त हो । त्यो लोहोरो, थुप्रै पहाडबाट ठक्कर खाँदै समुद्रको किनारमा चिल्लो ढुङ्गाको आकारमा पल्टिरहेको हुन्छ । त्यस्तै हो, शिक्षक, अध्यापक, प्राध्यापक आदिको जीवनी पनि । मा.वि.का प्रधानाध्यापक बन्नु, क्याम्पसका उपप्राध्यापक बन्नु, ४१ वर्षसम्म शिक्षण पेसामा रहनसक्नुको कारणले मात्र होइन, अन्य शिक्षण फाँटमा खेलेको भूमिकाले पनि विशेष स्थान ओगटेको हो । शिक्षा दिवस पुरस्कार पनि प्राप्त गर्ने शिक्षाप्रेमी व्यक्तिले अवश्य शिक्षाप्रति चासो राख्नु, काव्य रचना गर्नु उहाँको विशेषता पनि हो । 
यसै सन्दर्भमा एउटा घटनालाई प्रस्तुत गर्नु सान्दर्भिक ठान्दछु । एकपटकको कुरा हो । कुनै ठाउँमा भयङ्कर खडेरी परेछ । पानीको अभाव हुँदा कागलाई ज्यादै तिर्खा लागेछ । धेरै ठाउँमा घुमेछ । घुम्दाघुम्दा एउटा जङ्गगलको बीचमा कुवा देखेछ । कुवाको पींधमा पानी देखेछ । पींधको पानी कसरी पिउने समस्या परेछ । तब कागले जुक्ति खियाएछ । आफ्नो चुच्चाले ढुङ्गाका टुक्राहरू चुच्चामार्पmट खसाएर पानी माथि आएपछि कागले पानी पिएछ । त्यस्तै हुन् काव्यप्रेमीहरूः जहाँ इच्छा त्यहाँ उपाय । 
‘बादलका तरेलीहरू’ कविता सङ्ग्रह मध्येको ‘काव्यप्रेम’ शीर्षकको कविता अध्ययन गर्ने मौका पाएँ । काव्यप्रतिको पे्रमले चुर्लुम्म डुबेको भिजेको मानसिकताको पसिनालाई मसी बनाएर लेखेको कविता रहेछ यो निकै रोचक लाग्यो । काव्यको तिर्खाले छटपटाएर शब्दको सहारामार्पmत काव्यरूपी भाव पोख्न पुगेका कविले मुटुमा चस्केको वेदनालाई कवितामार्पmत पिउन इच्छा गरेको देखिन्छ । पिउने मात्र होइन त्यसलाई कहाँकहाँ पिउनयोग्य बनाउने हो त्यस किसिमको कोसिस गरेको देखिन्छ । हृदयभित्र छुटेको आँसुको धारा, आँसुको मूल्य पानी मात्र होइन तर साहित्यरूपी प्यासलाई मेटाउन भगीरथ प्रयत्न गरेको देखिन्छ । साहित्य भनूँ या काव्य रचना गर्ने एउटा कला हो । भाषाको माध्यमबाट काव्य अभिव्यक्त हुने र श्रवणद्वारा आस्वादन गरिने एक प्रकारको रस हो काव्य भन्नु । कविले कवितालाई भावको गङ्गा मान्नुभएको छ । भावरूपी गङ्गामा डुब्न खोज्नुभएको छ । भावका चाकाहरूलाई शब्दमार्पmत गङ्गाजलको अनुभूति गर्नपुग्नुभएको छ । दुःख र सुखको आँसु आँखाबाट मूल फुटेको कुरा सत्य छ । कलारूपी काव्यले धरती र आकाशबीचको सम्बन्धलाई महत्त्व दर्शाउँदै पूmलका थुङ्गाहरूका साथै तारा र जूनसँगको महत्त्वसँग नजिक पु¥याउने जमर्को पनि गरिएको छ । काव्य रचना गर्दाको खुसियाली जसरी बीजमा वृक्ष भएभैंm, दूधमा घिउ भएभैंm लिपिका सङ्केतहरूमा काव्यमा हुने नवरसको हरियाली बनाउने हिम्मत जुटाएको देखिन्छ । 
ढुुङ्गाको कापबाट विरूवा, पहाडको अन्तरकुन्तरबाट पानीको मूल फुटेभैंm साहित्यका अलङ्कारमार्पmत विम्बात्मक कुराहरू शब्दमार्पmत स्वादिष्टताको अनुभूति लिन खोजिएको छ । हुन पनि साहित्यको रङ्ग छैन, गुलियो या तितोका अनुभूति छैन तर कवि मन भने काव्यको रसास्वादन गर्ने र गराउने कुरामा दत्तचित्त रहेको देखिन्छ । छन्दमा कविता रच्ने पारखी पदम दाहाल छन्दमार्पmत काव्यधारा पस्कन वा छन्दबाहेकका आयामद्वारा काव्य पोखूँ भन्दै पाठकलाई पनि सोधेको हो कि शङ्का गर्न सकिन्छ । चाँडो दौडने मनै त हो हावाभन्दा । आकाशमा उड्ने पक्षीहरू आफ्नो गतिमा उडिरहन सक्छन् । त्यसैगरी वायुवेगमा पङ्क्षीहरू उडेभैंm आफ्नो कलम दौडाएर ज्ञानको तिर्खामा भौंतारिंदै तिर्खा मेट्नको लागि कागले पानी खोजेभैंm आपूm पनि उडूँ कि भन्ने आशा गरिएको छ । साहित्यमा लुकेका भावपूर्ण भावनाको अध्ययनकर्ता भएर वृद्ध अवस्थामा लागिरहने आशयलाई प्रश्रय दिइएको देखिन्छ । काव्यलाई तिमी सम्बोधनमार्पmत यदि कतै भुलवश हुत्तिएर  कतै शारीरिक विसङ्गति हुने त होइन कलेजो–मुटुमा, प्रतिकूल प्रभाव पर्ने हो कि शङ्का देखिन्छ । समुद्रभित्र मोतीलगायत अमूल्य वस्तु पाएभैंm काव्यभित्र पनि जादु लुकेको हुन्छ । टुनामुना गर्ने सामथ्र्य पनि काव्यभित्र हुन्छ । त्यही काव्यभित्र महाज्ञान प्राप्त गर्न ज्ञानका अपूर्व मर्मज्ञ कुराहरू काव्यभित्र लुकेको कुरालाई सम्बोधन गर्दै काव्यमा डुब्नखोजेको देखिन्छ । जसरी समुद्र तथा नदीमा नुहाउन लाग्दा शरीर डुबाउँदा एक प्रकारको आनन्द आउँछ, त्यस्तै हो काव्यभित्र कवि पसेपछि उसलाई आनन्द आउँछ । काव्यका विशेषताहरू जति खोजे पनि अपूर्ण नै हुन्छन्, तापनि कविले साहस गरेको देखिन्छ । हुन त कवि पदम दाहाल हुन्, तर न कालिदास हुन् न वाल्मीकि, न देवकोटा । तर उहाँहरूकै साहित्यसागरमा डुबेको अनुभूतिले पारेको प्रभावले त्यसैगरी काव्यरूपी सागरमा डुबेको देखिन्छ । तर शरीर पूरै डुबेको छैन । नदीकिनारमा डुब्ने प्रयत्न गरिएको छ । काव्यभित्रको सौन्दर्य तथा रसलाई पाठकसमक्ष कसरी रसास्वादन गराउने ? कविको चिन्तन देखिन्छ । 
काव्यभित्र श्रीखण्ड लुकेको छ, कस्तुरीको वासना पनि काव्यभित्र लुकेको हुन्छ । कविले सुनको महिमा देखाउनुभएको छ । सुनको वासना हुँदैन । सुन त मानिसले लगाउने आभूषणमा प्रयोग गर्ने कुरा हो । ती आभूषणमा सुनको महत्त्व रहेभैंm श्रीखण्डको महत्त्व दर्शाएर सुनको तुलना गर्न खोजिएको त होइन ? सुन कलिको प्रतीक हो भने श्रीखण्ड प्रकृतिको उपहार हो । सुनमा सुगन्ध हुँदैन भने श्रीखण्डमा सुगन्ध हुन्छ ।  अल्पज्ञले बुझ्नसकेको छैन । हामीले श्वासको आदानप्रदान गर्दा अति आनन्द हुन्छ । त्यसैगरी काव्यरूपी प्रयासले ग्रस्त भएर तिर्खाको समयमा कुनै धारामा पानी पिउँन अञ्जुलीभरि पानी लिएभैंm काव्यरूपी तिर्खा मेटाउने कविको इच्छा छ । कविलाई काव्यरूपी पासोले बाँधिरेहेको छ । जसरी दूधलाई तताएर जमाएपछि दही बन्दछ । दही मथेपछि नौनी छुट्टिन्छ । नौनी खारेपछि घिउ बन्दछ । त्यही काव्यरूपी दही मथ्नमा कवि व्यस्त देखिनुहुन्छ । कविलाई काव्यले तिल्मिलाएको छ । मनका भावहरू पोख्न कलमको सहारा लिइएको छ । यही सन्दर्भमा मैले कवि लेखनाथ पौड्यालको ‘पिंजडाको प्यासा मैना’ नामक कविताको एउटा अंश राख्न उचित ठानें र कवि दाहालको उक्त कविताउपरको  आफ्नो दृष्टिलाई विश्राम गरेँ । 
हड्डीको पिंजडा, शरीर उसमा मैना म भन्ने चरो
त्यो क्याँ क्याँ किन गर्छ ? शान्ति रसको पानीविना भै खरो 
सारा इन्द्रिय लब्ध यो विषयको लाखौं खन्याए पनि 
भित्री व्याकुलता र डाह उसको छुट्दैन कत्ति पनि । 
(लालित्य कवितासंग्रहबाट) 
 

Comments