साहित्यिक जमघटमा सर्जकहरू
बैशाख १८, २०८०, सोमबार | दिउँसो ०३:३५ बजे | 30
जीवनाथ अधिकारी
मई १ का दिन भक्तपुर, ठिमीस्थित आदर्श भावि, लायकुको सभाकक्षमा केही साहित्यकारहरूको जमघट भयो । यो जमघटले बैठकको स्वरूप धारण गरी महत्त्वपूर्ण निर्णयका साथ केही योजाहरू पनि तयार गर्यो । यस जमघटमा सहभागी साहित्यकारहरू हुनुहुन्थ्यो -
डा इन्दुल केसी
चुडाप्रसाद चौलागाईँ
पदम दाहाल
प्रजापति तिमिल्सिना
विष्णु ओली
बुद्धिकुमार घो
डा सीता सुवेदी पन्थी
जीवनाथ अधिकारी
ढुन्डीराज पोखरेल तथा
साधुराम गिरी ।
बैठकमा साहित्यसम्बन्धी विविध चर्चा परिचर्चा भए । लेखकहरूका आआफ्ना लेखनका बारेमा कुरा भए । लेखन प्रक्रियाको चर्चा चल्यो । कृतिहरुको अध्ययन - विश्लेषण गर्नुपर्ने, पठन संस्कृतिको विकास गर्नुपर्ने, सङ्गठित ढङ्गले साहित्यमा लाग्नुपर्नेजस्ता विषयमा विषद् चर्चा भयो । केही खरो तर सौहार्द टीकटिप्पणी पनि भए आपसमा । वादविवाद र छलफलबाट तात्विक निष्कर्ष निकाल्न सम्भव हुने कुरामा सबैको सहमति रह्यो । निकट भविष्यमा साहित्यसँग सम्बन्धित महत्त्वपूर्ण योजनालाई कार्यान्वयन गर्ने निर्णय पनि भयो ।
डा इन्दुल केसी कवि, समीक्षक तथा प्राकृतिक चिकित्सक हुनुहुन्छ । चुडाप्रसाद चौलागाई निबन्धकार तथा समीक्षक हुनुहुन्छ भने पदम दाहाल छन्दकवि, समीक्षक तथा पुस्तक सम्पादक पनि हुनुहुन्छ । यस्तै प्रजापति तिमिल्सिना आख्यानकार विशेष गरी उपन्यासकार र निबन्धकार हुनुहुन्छ । विष्णु ओली मुक्तककार, निबन्धकार तथा समीक्षक हुनुहुन्छ भने बुद्धिकुमार घो मुक्तलयका रसिला कविता लेख्नुहुन्छ । डा सीता सुवेदी पन्थी छन्द,कवि, बाल साहित्यकार तथा समीक्षक हुनुहुन्छ । जीवनाथ अधिकारी छन्दकवि, समीक्षक तथा टिभी कार्यक्रम प्रस्तोता हुनुहुन्छ । ढुण्डिराज पोखरेल कवि, कथाकार र भजन लेखकसमेत हुनुहुन्छ । साधुराम गिरी कवि तथा शाकाहारी अभियन्तासमेत हुनुहुन्छ ।
यस प्रकारका दिग्गज साहिलकारहरको नियमित भेटघाट, कार्यक्रम र तत्सम्बधी परिचर्चालगायतका गतिविधिले नेपाली साहित्यमा केही ऊर्जा थपिने कुरामा विश्वस्त हुन सकिन्छ ।