भान्सामा पाकेका कविता लोकापर्ण
बैशाख १८, २०८०, सोमबार | विहान ०८:४३ बजे | 35
काठमाडौं वैशाख १७ । आज काठमाडौं अनामनगरस्थित निम्तो होटेलमा आयोजित एक भव्य साहित्यिक कार्यक्रममा कवि मुना राईद्धारा रचित भान्सामा पाकेका कविता संग्रहको पुस्तक लोकापर्ण भएको छ । समारोहमा प्रमुख अतिथि साहित्यकार डा इन्दुल केसी, साहित्यिक पत्रकार संघका अध्यक्ष लेकाली, नारी आवाज पत्रिकाका सम्पादक पाठक, प्राडा कृष्णप्रसाद दाहाललगायतका साहित्यका लेखक, कविहरुको उपस्थिति रहेको थियो ।
पुस्तकको सम्पादन प्राडा कृष्णप्रसाद दाहालले गर्नुभएको थियो । उक्त कविता संग्रहको प्राडा कृष्णप्रसाद दाहालले भूमिका लेखन गर्नुभएको हो । कार्यक्रममा प्राडा सावित्री श्रेष्ठ तथा अन्य चार जना विशिष्ट साहित्यिक व्यक्तिहरुबाट पुस्तककोबारेमा आआफनो विचार धारणाहरु व्यक्त गर्नुभएको थियो ।
मुना राई ओखलढुंगामा जन्मनु भएका हाल काठमाडौंमा रहनुभएको हो । उहाँं निवृत विद्यालय शिक्षिका हुनुहुन्छ । उक्त पुस्तकमा पवन चामलिंगले सत्यको खोजीमा लागेकी साहित्यिक अभियन्ता श्रीमती मुना राईलाई हार्दिक शुभेच्छा र बधाई शुभकामना पठाउनुभएको थियो ।
यो पुस्तक मुना राईका छोरीहरु रेमिका, रेजिका र इरिका तीनजनाको संयुक्त प्रकाशन रहेको छ । कवि राईका पति रामबहादुर राई जो सैनिक सेवाबाट अवकास प्राप्त गर्नुभएको जसले जीवनमा वन्दुक समात्नुभयो, श्रीमती मुना राईले कलम समात्नुभएको एउटा अनौठो संयोगमा यो किताव तयार भएको रहेछ । कितावमा रहेका ८४ वटा विभिन्न शीर्षकका कविताहरु देशको परिस्थिति, मानिसको आनीवानी, बुढ्यौली उमेर तथा ज्ञानको मन्दिर आदि शीर्षकका कविताहरु छन् । पुस्तकको नामसँंगै भान्सामा पाकेका कविता जसको पहिलो कवितामा रहेका दुई पंक्ति
मेरा कविताहरु खाना पकाउँंदै भान्सामा पाकेका छन्
खाना पकाउँंदै लेख्दै गर्दा मेरा हातहरु थाकेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि डा इन्दुल केसीले मुना राईलाई शुभकामना र बधाई दिनुका साथै आफना हालै प्रकाशित शव्दसागरका मोती समिक्षा संग्रह पुस्तक उपहार दिनुभएको थियो । र डा इन्दुलले रचना गरिएको उक्त कितावमा रहेको सगुन भजनसमेत समारोहमा वाचन गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...