साहित्यिक जमघटमा शुभजन्मोत्सव


बैशाख ११, २०८०, सोमबार | विहान ०८:४४ बजे | 25


साहित्यिक जमघटमा शुभजन्मोत्सव

काठमाडौं । आज साहित्यकार विष्णु ओलीको ६४ औं जन्मोत्सवको अवसरमा उहाँंकै निवास जागृतीनगर काठमाडौं महानगरपालिका वानेश्वरमा एक साहित्यिक जमघट गरी जन्मोत्सव समारोह सुसम्पन्न भयो । कार्यक्रममा विष्णु ओलीबाट आफना मुक्तन वाचन गरी कार्यक्रमको शुभारम्भ गरियो । यस क्रममा कवि पदम दाहालबाट आफना मुक्तकहरु तथा कविता वाचन गरियो । त्यसैगरी डा इन्दुल केसीज्यूले हार्माेनियम बजाई संगीतमय गणेश भजन गायनको साथै उहाँंले अंग्रेजी भाषामा एउटा कविता पनि प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा अनुशिलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीले आफना मुक्तकहरु र कविता प्रस्तुत गर्नुभयो । साथै विष्णु ओलीज्यूका धर्मपत्नी देवी ओलीज्यूलेसमेतले सुस्वास्थ्य दीर्घायुको कामना गर्दै कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई स्वागत तथा शुभकामना प्रदान व्यक्त गर्नुभएको थियो ।   

Comments