नदेखिने आँसुमा डुबुल्की सार्वजनिक
चैत ६, २०७९, सोमबार | विहान ०९:५६ बजे | 25
कवयित्री एवं कथाकार रीतादेवी प्रधान जोशी रुमाठद्धारा लिखित नदेखिने आँसुमा डुबुल्की नामक कवितासङ्ग्रह सार्वजनिक गरिएको छ ।
पाँचौ अन्तराष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलनको अवसरमा बोष्टनमा आयोजित विशेष समारोहमा अनेसासका केन्द्रिय अध्यक्ष गोबद्र्धन पूजा, वोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम् विश्वकर्मा, कृष्ण धरावासी, तीर्थराज अधिकारी, गीता खत्री, मोहन सिटौला, सर्वज्ञ वाग्ले र दीपकमान प्रधानले संयुक्त रुपमा सो कृतिको विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष गोबद्र्धन पूजाले प्रस्तुत कृतिमा मनका शब्दहरु म्स्तिष्कसम्म पु¥याउने सरल भावबोधका कविता छन् भन्नुभयो ।
मुक्तक शिरोमणि तीर्थराज अधिकारीले रीतादेवीका कविताहरु समाजको रुपान्तरणको लागि सकारात्मक सन्देश दिन सफल रहेको बताउनुभयो ।
कवयित्री प्रधानले समाजमा नारीले गर्नुपरेको संघर्ष र समानताको चाहनाले आफूलाई कविता लेखाएको बताउनुभयो ।
कवयित्री शकुन ज्ञवालीले संचालन गर्नुभएको सो कार्यक्रममा स्रष्टाहरु क्ृष्ण धरावासी, गीता खत्री, पदम विश्वकर्माले कवयित्री प्रधानका कविताले सकारात्मक सन्देश प्रवाह गर्न सकोस् भनेर सफलताको शुभकामना दिनुभयो ।
नदेखिने आँसुमा डुबुल्कीमा सित्तैमा प्रेम हुन्न, होइन भने नेपाली नभन, तराजु , मेरा सपुतहरु, नारी आदि चर्चित कविताहरुसहित समसामयिक विषयका ३१ वटा कविताहरु छन् । कृतिलाई दिपकमान प्रधानको सहयोगमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले प्रकाशित गरेको हो ।