दृष्टि दोष ?
चैत ३, २०७९, शुक्रबार | विहान ०९:२२ बजे | 25
रामकृष्ण प्रजापति
आज चैत २ गते
साथीहरुलाई एकदिवसीय क्रिकेट हेर्ने दिन
मनोरञ्जन र विलासी जीवनको खेल
शरीरमा लागेको भुडी घटाउन
बोसो घटाई स्मार्ट र स्लिम हुन
तर,
किसानका लागि सरकार विरुद्ध जुलुसको दिन
किनकि,
रासायनिक मलमा अनुदान घटाएको विरोधमा
रासायनिक मल महंगीको विरोधमा
दाल, चामल र दूध महंगोले पिल्सिएकोमा
खान नपाएर मरंच्यासे बनाइएकोमा
बेरोजगार भई विदेशीन बाध्य बनाएकोमा
देशलाई परनिर्भर बनाएकोमा
आर्थिक संकटमा पु¥याएकोमा
कृषि प्रधान देशमा मल अभाव बनाएकोमा
सिचाई विनाको खेतीले उब्जनीमा कमी भएकोमा
उब्जनीको उचित मुल्यको कमीमा
सडकमा तरकारी फाल्नु परेकोमा
भारतीय एकाधिकार पुजीले कृषि बजार कब्जा गरेकोमा
युक्रेनको पक्षमा मतदान गरी युद्धको पक्ष पोषण गरेकोमा
एमसिसि र एसपिपि ल्याएर
देशलाई युद्धमा मडारिन खोजेकोमा ।
हो, किसान र साथीहरुमा दृष्टि दोष यति छ
स्वाभिानको लागि वा पेटको लागि ?
साथीहरु भुडी लागेको घटाउनमा
किसान खान नपाएर पेट भर्नमा
दुबै मेहन गर्छ आ–आफ्नो लक्ष्यका लागि
बस फरक यति छ
भोकाएको वारि खाउँ, अघाएको पारि खाउँ
हो, साथीहरु अन्तर्राष्ट्रिय जगतमा
खेलको माध्यमबाट देशको नाम चिनाउनमा
किसान देशलाई आत्मनिर्भर बनाउने संघर्षमा
शिक्षा स्वास्थ्य निःशुल्क बनाउनेमा
श्रमलाई सम्मान गर्ने वातावरणमा
स्वदेशमै स्वरोजगरीको संघर्षमा
स्वाभिमान, स्वाधिनता र सार्वभौमिकता सहितको
मजदुर किसानको स्वर्ग बनाउने संघर्षमा ।
साथीहरु मर्निङ्गवाक गर्छ आफ्नो स्वास्थ्यको लागि
किसानहरु जुलुसमा सहभागी हुन्छ सारा जनताको पेटको लागि
तैपनि साथीहरुको खेल संचार माध्यममा
किसानको जुलुस संचार माध्यमको ओझेलमा ।
धन्यवाद ! ! !