सिन्धुभित्रका डा. इन्दुल
फाल्गुन ३०, २०७९, मङ्गलबार | दिउँसो १२:०१ बजे | 25
उनी साद्गी छन्
उनलाई अरुभित्र खोजेर पाइँदैन
साद्गी जीवन नै
उनको मुख्य पहिचान बनेको छ ।
उनी शब्दमा खेल्छन्
शब्दभित्र अनमोल मोती भेट्टाउँछन्
उनेर माला बनाउँछन्
कसैको गलामा पहि¥याउँछन् ।
आफू दर्शकदीर्घामा बस्छन्
तालीको गर्गराहत दिइरहन्छन्
उनी साहित्यको झण्डा बोकेर
एउटा मनबाट अर्को मन गर्दा गर्दै
आफ्नो जवानी रित्याउँछन् ।
बुढेस कालमा त झन् उम्दा कृति
प्रकाशित गरिरहन्छन्
लाछी म, डा. इन्दुल केसीलाई हेरिरहन्छु ।
फाेटाेमा हेर्नुहाेस्...