मुल्मीको पुस्तक बंगलादेशमा विमोचन
फाल्गुन २९, २०७९, सोमबार | दिउँसो ०१:४२ बजे | 20
काठमाडौ । नागरिक अभियन्ता तथा समाजसेवी शान्तलाल मुल्मीद्वारा लिखित रिटेन्टलेस जर्नीको बंगलादेशको ढाकामा पनि विमोचन गरिएको छ ।
नेपाल र दिल्लीमा यसअघि नै विमोचन गरिएको उक्त पुस्तकको ढाकास्थित
वर्क फर बेटर बंगलादेश ट्रस्टमा एक समारोहका बीच विमोचन गरिएको हो ।
सो पुस्तकको विमोचन लेखक मुल्मी, वर्क फर बेटर बंगलादेशका निर्देशक शैफुदिन अहमद र हेल्थ ब्रिजका
वरिष्ठ सल्लाहकार डेब्राले संयुक्त रुपमा गरेका थिए।
नेपाली भाषामा लेखिएको म भित्रको म पुस्तकलाई परिमार्जनसहित
रिलेन्टलेस जर्नीको रुपमा प्रकाशन गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।
तुल्सी मेहर युनेस्को क्लवका अध्यक्ष तथा समाज कल्याण परिषदका
सल्लाहकार शान्तलाल मुल्मीले कोभिडको समयलाई सदुपयोग गर्दै आत्मवृतान्तको रुपमा
पुस्तक लेखेको जानकारी सो अवसरमा दिएका थिए ।
पुस्तकमा जीवन जिउने कला, सफलताका सन्देश प्रेरणादायी पलहरु, अप्ठेरो व्यवस्थापनलगायतका शिक्षाहरु पुस्तक अध्ययनबाट प्राप्त गर्न
सकिने जानकारी लेखक मुल्मीले दिएका थिए ।