के यही उपलब्धि हो ?
फाल्गुन ११, २०७९, बिहीबार | दिउँसो ०३:०५ बजे | 20
रामकृष्ण प्रजापति
आकासमा छुन लाग्यो महँगी
अब आउन लाग्यो आर्थिकमन्दी
सारा क्षेत्रमा ढाक्यो परनिर्भरता
के यही उपलब्धि हो ? बिदा एकचोटि तिमी भनिदेउ ।
मेरो दृष्टिमा माक्र्स
समानता बसेको छ मसंग
हरेक पाइलामा तिमी
तिमी नै अग्रगमन ।
रातो किताब त तिम्रो मसंग
मसंग आयो है उसको
उसको प्रभावले
म भएँ समानतावादी ।
तिमीले भनि देउ बेरोजगारी
उपलब्धि तिमीलाई के भयो ?
के यही क्रान्ति हो ?
संशोधनवादी एकचोटि भनि देउ ।
शसस्त्रबाट जाने तिम्रो
तिम्रो ध्यान छ उसंग
उसंग विद्रोह तिम्रो
तिम्रो त्यसैमा गौरब ।
तिम्रो प्रिय यो कस्तो
पद लोलुपले भयो भगबन्दा
तिमीले बनायो किन भ्रष्टाचारी
किन यस्तो राजनीति बेथिति ।
तुरुन्तै मनमा घोच्यो
केही थाहा भएन
के यही क्रान्तिको उपलब्धि हो ?
अशिक्षा एकचोटि तिमीले भनिदेउ ।
त्यसैले,
फलामलाई जति ततायो
त्यतिनै बलियो हुन्छ
बेथिति जति चुलियो
प्रतिक्रिया त्यतिनै उभाल्छ
सुनको जति पोल्यो
त्यतिनै शुद्ध हुन्छ
जनतालाई जति दमन गर्यो
त्यति नै संघर्षशील बन्छ
हीरामा जति धार लगायो
त्यतिनै चम्किलो हुन्छ
संघर्षमा जति विचारले सुसजित गर्यो
त्यति नै क्रान्ति मजबुत बन्छ
माटोको भाँडा जति पाक्यो
त्यसमा त्यतिनै आवाज आउँछ
क्रान्तिमा जति जनताको दुखकष्ट गाउँछ
त्यसमा त्यतिकै कर्णप्रिय संगित भर्छ
सूर्य जस्तै बन्न
त्यतिनै जल्नु पर्छ
क्रान्तिकारी बन्न
तरवारको धारमा हिड्नु पर्छ
नदि जस्तै सुस्ताउन
हिमानलबाट बग्नु पर्छ
क्रान्ति सफल पार्न
जनता जाग्नु पर्छ
यदि हामी क्रान्तिकारी हो भने
किन सरल बाटो खोज्छौं
कम्युनिष्ट बन्नेहरु
यमराजको धोका धक्धकाउँछौं
निरन्तर लाग्नु संघर्षमा
एकदिन सफल हुन्छ
सयौं बर्ष लड्यौं
अब सयौं बर्ष लड्न तयार हुनुपर्छ
हरेक समस्याको समाधान हुन्छ,
त्यो आज नभपनि भोलि हुन्छ
क्रान्ति एक दिन सफल हुन्छ
त्यो एक जुगमा एकचोटी आउँछ ।
धन्यवाद !