बुक क्लब भक्तपुरको आयोजनामा सोभियत संघको सम्झना


फाल्गुन ७, २०७९, आइतबार | विहान ०४:१९ बजे | 25


बुक क्लब भक्तपुरको आयोजनामा सोभियत संघको सम्झना

भक्तपुर। बुक क्लब भक्तपुरको आयोजनामा शुक्रबार ई. राम विन्दु श्रेष्ठको "मेरा सोभियत सम्झनाहरु" नामक पुस्तकको अन्तरसंवादमा तत्कालिन सोभियत संघको समाजवादी व्यवस्थाको सम्झना गरियो । पुस्तकका लेखक श्रेष्ठले सोभियत संघको विघटन अघि त्यहाँका जनताले पाउने शिक्षा, स्वास्थ्य र रोजगारी तथा अन्य सेवा सुविधामा सुनिश्चिततासँगै अन्य देशको भन्दा सहज, गुणस्तरीय सस्तो सुलभका बाबजुत पनि अनिवार्यताले मानव सभ्यताको गौरवशाली नयाँ इतिहास उत्खनन भएको बताउँदै आराम तथा खेलकुदमा जनताको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्थाले स्तालिन तथा लेनिनको व्यवस्थित बैज्ञानिक दर्शन तत्कालिन सोभियतबाट भएको बताउनुभयो । सोही कार्यक्रममा नै उहाँले निर्वाचन प्रणाली, औद्योगिक क्रान्ति, तत्कालिन समाजमा आएको गतिशीलताको क्रमभंगता तथा देशलाई नीतियोजना अनुसार रुपान्तरण गर्ने नेतृत्वकर्तामा आएको अकर्मण्यताले सोभियत संघमा विखण्डन आएको आफ्नो अध्ययनको अनुभव बताउनुभयो । कुनैपनि प्रकारको खाद्य वस्तुको प्रयोगमा गुणस्तरीयता, सेवासविधाको प्रयोगमा अधिकतम मूल्य तिर्न नपर्ने, कलेजमा पनि विद्यालय सरहको कडा अनुशासनको अनुभव, अतिरिक्त क्रियाकलापमा अनिवार्य सहभागिता जस्ता सोभियत मान्छे बनाउने प्रयासको दैनिकी अध्ययनका क्रममा अनुभव आफूले पाएको लेखक ई. श्रेष्ठले बताउनुभयो । उहाँले तत्कालीन सोभियतमा सबै मानिसका आधारभूत आवश्यकता गुणस्तरीयसँगै स्वास्थ्यवद्र्धक सेवासुविधाको प्रयोगले जनता खुसी भए तापनि बाह्य देशको झिलिमिलीमा रमाउन नपाउँदा समाजवादी सौन्दर्यतामा भने रसियनहरु दुखी भएको बताउनुभयो । लेखक श्रेष्ठले महत्वपूर्ण समयको दैनिकी लेख्ने क्रममा तत्कालीन सोभियतको मानव सभ्यताका लागि गौरवशाली इतिहासलाई नबंग्याउन आफूले अनुभव गरे अनुरुप आत्मवृतान्तको रुपमा सो पुस्तक तयार गरेको र सोही पुस्तकको पहिलो अन्तरसंवाद भक्तपुरबाट सुरु भएको बताउनुभयो ।

Comments