सञ्चार जगतमा टाउको
फाल्गुन २, २०७९, मङ्गलबार | विहान १०:४१ बजे | 10
डा इन्दुल केसी
हिजो आज प्राय प्रत्येक दिन, साँझ, बिहान
राष्ट्रको यथार्थ नाटकका दृश्य–परिदृश्यहरु
ठूलठूला आकर्षक शीर्षक – टाउकोहरुमा
सबैको आँखा विभिन्न सञ्चार माध्यममा ।। १ ।।
थरीथरीका पात्र – नायक, खलनायकहरुको
नैतिक, अनैतिकको कुनै चिन्ता बिना नै
पार्टीनेता, कार्यकर्ता, शासक, प्रशासकहरुको
विभिन्न दृश्यहरु सञ्चार जगतको टाउकोमा ।। २ ।।
तथ्यांक विभागको तथ्यांक कता–कता ?
अख्तियारको अख्तियार कता–कता ?
न्यायालयको फैसला कता–कता ?
ठेकेदारहरु, कालोबजारियाहरुको कर्तुत टाउकोहरुमा ।। ३ ।।
केवल नाना समाचारहरुको सम्प्रेसन
आम सञ्चार जगतको टाउकोमा ।।