आयो नयाँ सरकार
माघ १०, २०७९, मङ्गलबार | दिउँसो ०३:०३ बजे | 30
रामकृष्ण प्रजापति
आयो नयाँ सरकार
आएन मेरो सरकार ।
विदेशीनेको लर्को अयो
आएन रोजगारी ।
विदेशबाट दैनिक लास फक्र्यो
फर्केन ब्रेनड्रेन ।
आयो खर्बौंको व्यापार घाटा
आएन निर्यातका पुञ्ज ।
आयो सत्ताको निम्ति आत्मसमर्पण गर्ने नेताहरु
आएन सार्वभौमिकताको लागि संघर्ष गर्नेहरु ।
आयो पदको लागि सत्ता पक्षलाई मत दिने प्रतिपक्ष
आएन प्रखर प्रतिपक्षमा बसी सरकारलाई खबरदारी गर्ने ।
आयो आहालमा नुहाएर सफा हुन खोज्नेहरु
आएन स्वच्छ छबिका नेताहरु ।
आयो आर्थिक संकटका अवयवहरु
आएन आर्थिकस्तर बृध्दिका सुचकांकहरु ।
सरकारी उद्योगहरु निजिकरण गर्यो
गरेन राष्ट्रियकरण वा समुदायकरण ।
मंहगी र कालाबजारी आकाशियो
आकाशिएन निःशुल्क शिक्षा र स्वास्थ्य ।
आयो समाजदवाद जपेर पुजीवादी सरकारमा जानेहरु
आएन सशस्त्र संघर्ष गरेर समाजवाद ल्याउनेहरु ।
आयो समाजवाद उन्मुख संविधान
आएन सरकारमा समाजवादी नीति तथा कार्यक्रमहरु ।
आउ त्यसैले
यो सरकारको विकृति र विसंगति विरुद्ध
संघर्षको मैदानमा,
नेपाल मजदुर किसान पार्टीको
आर्दश समाज बनाउने लक्ष्यामा ।
धन्यवाद !