अनुशीलन नेपालद्वारा दुई कृति सार्वजनिक
माघ १, २०७९, आइतबार | दिउँसो ०२:०९ बजे | 30
जीवनाथ अधिकारी
भक्तपुर । अनुशीलन नेपालद्वारा प्रकाशित दुई कृति आज २०७९ माघ १ गते भक्तपुरस्थित शान्ति निकेतन माध्यमिक विद्यालय, राममन्दिरको सभाकक्षमा सार्वजनिकीकरण गरिए । महात्मा सुशीलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा शङ्कर मानन्धरद्वारा लेखिएको "योग, ध्यान र साधना" चिन्तनसङ्ग्रह तथा अर्को पुस्तक "शब्दचित्रमा हामी"भित्रका कविता केलाउँदा" समीक्षासङ्ग्रह प्रमुख अतिथिलगायत महात्मा कल्याणमित्र, डा इन्दुल के सी, जीवनाथ अधिकारी, शङ्कर मानन्धर, डा. सीता सुवेदी पन्थी, विजयराम प्रजापति, बुद्धि कुमार घो तथा माता भद्रकालीले संयुक्त रुपमा सार्वजनिकीकरण गर्नुभयो । कार्यक्रमको अध्यक्षता अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी र सञ्चालन सचिव टीका श्रेष्ठले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन सदस्य नेत्र घिमिरेले गर्नुभयो । अतिथिहरुलाई माल्यार्पण कोषाध्यक्ष वीरजा घिमिरे र सदस्य इन्दिरा शाहीले गर्नुभएको थियो । कार्यक्रममा योग, ध्यान र साधना पुस्तकका लेखकको परिचय दिँदै जीवनाथ अधिकारीले स्वागत मन्तव्य राख्नुभयो । शब्दचित्रमा हामीभित्रका कविता केलाउँदा समीक्षासङ्ग्रह पुस्तकको परिचय बुद्धिकुमार घोले प्रस्तुत गर्नुभएको थियो । शङ्कर मानन्धरले लेखेको योग, ध्यान र साधना पुस्तक को सम्पादन जीवनाथ अधिकरीले तथा शब्दचित्रमा हामीभित्रका कविता केलाउँदा पुस्तकको सम्पादन डा इन्दुल केसी, बुद्धिकुमार घो तथा जीवनाथ अधिकारीले गर्नुभएको हो। मानन्धरलिखित योग, ध्यान र साधनामा ५० ओटा रचनाहरू समावेश छन् । योग, ध्यान, साधना, चिन्तन, दर्शनलगायतका विविध विषय समेटिएको उक्त चिन्तनसङ्ग्रहमा डा इन्दुल केसीको भूमिका रहेको छ भने महात्मा सुशील, डा चन्द्रमणि खनाल र सुदर्शन टुवेदीका शुभकामना समावेश छन् ।
अर्को कृति शब्दचित्रमा हामीभित्रका कविता केलाउँदा समीक्षासङ्ग्रहमा प्राडा कृष्णप्रसाद दाहाल, डा सीता सुवेदी, विमला पोखरेल र टीका श्रेष्ठले विभिन्न कोणबाट समालोचनात्मक समीक्षा गर्नुभएको छ।
उक्त कार्यक्रममा मन्तव्यस्वरूप महात्मा सुशील, स्वामी कल्याणमित्र, डा इन्दुल केसी, डा सीता सुवेदी, विजय प्रजापति, केबी सम्राट, शङ्कर मानन्धर, बुद्धिकुमार घो, आशमा मानन्धर र जीवनाथ अधिकारीले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अन्त्यतिर वीरजा घिमिरे, इदिरा शाही र नेत्र घिमिरेले सार्वजनिकृत पुस्तक सहभागीहरूलाई उपहारस्वरूप प्रदान गर्नुभयो । अन्तमा जलपानका रुपमा दहीचिउराको व्यवस्था गरिएको थियो । सोही कार्यक्रममा अनुशीलन नेपालका आजीवन सदस्य त्रय : १. पनौती दलिनचोक निवासी लेखक ओतबहादुर खड्का २ . जीवनाथ अधिकारी र ३. वीरजा घिमिरेलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रमुख अतिथिका बाहुलीबाट प्रदान गरियो । ओतबहादुर खड्का उपस्थित हुन नसक्नु भएकाले साधुराम गिरीले प्रतिनिधि स्वरूप सो प्रमाणपत्र ग्रहण गरिदिनुभयो। साथै महात्मा सुशील र स्वामी कल्याण मित्रलाई मायाको चिनुस्वरूप शिवमूर्ति उपहार प्रदान गरिएको थियो ।
कार्यक्रम सेभ द नेसन अनलाइन टेलिभिजनबाट वरिष्ठ पत्रकार केबी सम्राटले लाइभ प्रसारण गर्नुभएको थियो।
कार्यक्रममा निम्नलिखित महानुभावहरुको उपस्थिति थियो :
१ महात्मा सुशील
२ केबी सम्राट
३ माता भदुकाली
४ जयनारायण नेपाल
५ इन्दिरा शाही
६ देवीप्रसाद मिश्र
७ डा इन्दुल केसी
८ पशुपतिमान प्रधान
९ विजयराम प्रजापति
१० चुडाप्रसाद चौलागाई
११ जीवनाथ अधिकारी
१२ नेत्रप्रसाद घिमिरे
१३ कलाधर गैरे
१४ टीका श्रेष्ठ
१५ मोहन के श्रेष्ठ
१६ विरजा घिमिरे
१७ कमला पोखरेल
१८ बुद्धिकुमार घो
१९ दीनानाथ पोख्रेल
२० रामशरण न्यौपाने
२१ डिल्लीप्रसाद मुलतिहुन
२२ डा सीता सुवेदी पन्थी
२३ पुजन मिश्र
२४ नयनसिंह धामी
२५ शक्तिमोहन पौडेल
२६ सावित्री श्रेष्ठ
२७ केदारप्रसाद श्रेष्ठ
२८ लालबहादुर भुजेल
२९ साधुराम गिरी
३० सत्यनारायण मानन्धर
३१ पुजापति तिमल्सिना
३२ ढुण्डिराज पोखरेल
३३ पदम दाहाल
३४ लालजङ्ग चौहान
३५ श्याम चौहान
३६ शुभराज पोखरेल
३७ कृष्णप्रसाद पौडेल
३८ कमला घिमिरे
३९ नरेशप्रसाद मानन्धर
४० सिद्धिभक्त श्रेष्ठ
४१ गणेश घिमिरे मार्मिक
४२ ध्रुवनारायण जोन्छे
४३ मीरा जोन्छे
४४ विजेन्द्र ध्वजू
४५ विनोदकुमार कोइराला
४६ आशमा मानन्धर
४७ टङ्कमणि अधिकरि
४८ रन्जिता न्यौपाने हमाल
४९ सुवर्ण हमाल
५० नवराज काफ्ले
५१ एमपी पाण्डे
५२ हरिसुन्दर पोतामाहाँ
५३ सुदर्शन सुवेदी