काउलीकाे बेर्ना
पुष २६, २०७९, मङ्गलबार | विहान ०४:५१ बजे | 30
कुमार लघु
मंगसिरमा काउलीकाे बेर्ना
ड्याङमा राेपेर
काउलीलाई हुर्काउन
पानी लाउनु पर्ने
मल हाल्नलाई गाेड्नु पर्ने
घाँस उखेर फाल्नु पर्ने
पानी लाउन पेटा्ेल किन्न पर्ने
दुई सयमा
मेशिन लाउन अाफै जाेत्नु पर्ने
खेती गर्न नि ज्यान हुनु र
मल नि कति हाहाकार
भन्नेवेलामा कृषि प्रधान देश रे
मल ल्याउन नसक्ने
कृषि मन्त्रीले राजिनामा
दिन पर्ने हाे नि
जसले मल ल्याउन सक्ने
कृषि मन्त्री किन बनाउने
नसक्ने ?
भन ए प्रधानमन्त्री
तिमी त दक्षिणवाट अाएकाे क्या रे
भारतले नदिए
चिनबाट ल्याउने साेचकाे
वुध्दि खाेई पलाएकाे
याे देशमा खाेई किसान र मजदुर
अन्य वर्गले खेतबाट
अाकाे खाध्य वस्तु नखाने
निर्जिव प-र्याे कि
अन्न तरकारी उत्पादन गर्नलाई
के राख्ने अनि फलछ काउली ?
कस्ताे अज्ञानिहरू
देश थप पार्नुपर्छ
हडताल र बन्द पारी
तमासा देखाउनुपर्छ
देशकाे प्रसाशन र बाटाे
हप्ताै थप्प पार्नु
सबैकाे मूल्य राख्न हुने
तरकारी खाध्यकाे
सरकारले किन राख्न नहुने माेल
किसानले बजारमा उचित माेल नपाउने
बिलासी वस्तु सबै महँगाे
किसानले उत्पादन गर्ने सामान
किन सस्ताे
सरकारले के हेपेकाे हाे
किन हेप्छाै कृषि प्रधान
देशकाे किसानलाई
किसानलाई बिऊ बिजन
सस्ताेमा र मलखादकाे
बन्दाेवस्त किन नगरेकाे
लाजै पचेकाे मन्त्री हुने
यस्ता नकचराहरू
कसरी मन्त्री पद् धारण
गर्न सक्या
किसान सबै अाकाशे
खेतीमा निर्भर रहनु पर्ने
किसानले कहिले सुख पाउने
अझ पैसा तिरेर
किन्छु भन्दा मल वन्दाेवस्त गर्न
नसक्नेले राजिनामा गरे वेस नि
कृषि मन्त्री भएका नि
कृषि सम्वनधि ज्ञान नभएकाे
भयाे क्या हाे ?
मन्त्री
नेपाल कृषि प्रधान
देश भनेकाे बिर्सेकाे प-र्याे कि !